भरपर्दो प्रविधि भित्र्याऔं

काठमाडौं–रक्सौल रेलमार्गको रुट औचित्यपूर्ण छ

काठमाडौं–रक्सौल रेलमार्गको रुट औचित्यपूर्ण छ
सुन्नुहोस्

रेलमार्ग बनाएर भारतले साँच्चिकै सहयोग गर्न खोजेको हो कि आफ्नो प्रविधि नेपालमा विस्तार गर्न खोजेको हो भन्ने प्रश्न अनुत्तरित छ।

काठमाडौं–रक्सौल रेलमार्गको औचित्य कसरी देख्नुहुन्छ ?

सबैभन्दा सुरुमा कुनै पनि रेलमार्गको रुटको औचित्य बुझ्नुपर्छ। रेलमार्गको औचित्य दुईवटा विषयमा भर पर्छ। पहिलो, मुलुकभर रेल नेटवर्कको प्रकृति कस्तो छ ? राष्ट्रिय यातायात सञ्जालमा रेलको भूमिका कस्तो रहन्छ ? कस्ता रुट लिएका छौं भन्ने। दोस्रो, रुटको भूमिका के हुन्छ ? 

भारत नेपालको प्रमुख व्यापारिक साझेदार हो। धेरैजसो आयात भारतबाट र त्यसमा पनि वीरगन्ज हुँदै हुन्छ। वीरगन्ज भारतको बिहार राज्यको सहर रक्सौलसँग जोडिएको छ। भारतीय सीमाबाट नेपाल आउने सबैभन्दा व्यस्त रुट वीरगञ्ज–काठमाडौं हो। काठमाडौं–रक्सौल रेलमार्ग आफैंमा औचित्यपूर्ण रुट हो।

भारतको सहयोगमा विकास आयोजना बनाउँदा कस्तो हुन्छ ?

रेलमार्ग बनाएर भारतले साँच्चिकै सहयोग गर्न खोजेको हो कि आफ्नो प्रविधि नेपालमा विस्तार गर्न खोजेको हो भन्ने प्रश्न अनुत्तरित छ। सरकारी स्तरमा भएका वार्तामा पनि यो विषय उठेको हो।

रेलमार्गमा भारतीय प्रविधि पुरानो हो भन्नु खोज्नुभएको हो ?
रेलमार्गमा भारतको प्रविधि निकै पछाडि छ। भारतकै पहिलो द्रुत गतिको रेल अहमदाबाददेखि मुम्बईसम्मको रेलमार्ग जापानी प्रविधि र सहयोगबाट बन्दै छ। भारतसँग द्रुत रेलमार्ग बनाउने आफ्नै क्षमता छैन। अब हामीलाई जनकपुरको जस्तो रेलमार्ग चाहिएको होइन। 

के यसमा सरकारले गल्ती गरेको हो ?

सरकारले गल्ती गरिसकेको छ। अध्ययन गराउने बेला विश्वको पछिल्लो प्रविधिअनुसारको गेज (लिक) बनाउने गरी बनाइनुपर्ने हो। ब्रोड गेजको जमाना गइसक्यो। विश्वमा स्ट्यान्डर्ड गेज सफल देखिएको छ। हामी पुरानो प्रविधि भित्र्याउन खोजिरहेका छौं।

ब्रोड गेजको रेलमार्ग बनाउनुपर्ने किन होला ?

ब्रोड गेज बनाउने भन्नुको अर्थ रेलको पार्टपुर्जा, डिब्बा, इन्जिन भारतबाटै ल्याउने भन्ने हो। संसारका अरु देशमा ब्रोड गेजमा चल्ने रेलको सरसामान उपलब्ध छैन। सबै कुरा भारतमा निर्भर हुनुपर्छ। जनकपुर जयनगर रेलदेखि नै मैले कुरा उठाइरहेको हुँ कि डिजेलले चल्ने रेल ल्याउनु हुँदैन भनेर। बिजुली खेर गइरहेको छ, रेल सञ्चालनमा वार्षिक २५–३० करोड घाटा बेहोर्नु परिरहेको छ। मैले भनिरहेको थिएँ, नीति निर्माताले भनेको सुनेनन्।


काठमाडौं–रक्सौल रेलमार्गको प्रभावकारिता र औचित्य कस्तो देख्नुभएको छ ?
काठमाडौं–रक्सौल रेलमार्ग दुवै हिसाबले उचित छ। पूर्व–पश्चिम रेल बनायौं भने काठमाडौंबाट सो रुट जोड्न यही रेलमार्गले महत्वपूर्ण भूमिका खेल्छ। 
यस्तै, रक्सौलदेखि काठमाडौंसम्मको सामान ढुवानी र यात्रु आवागमनका लागि निकै महत्वपूर्ण रुट पनि हो। भारतीय पक्षले डिजाइन गर्दा आफ्नै प्रविधि अवलम्बन गर्छ। भारतको रेल प्रविधि संसारका अन्यभन्दा निकै पछाडि छ। 

हामीले अधिकतम लाभ लिन के गर्नुपर्छ ?

पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन वा डीपीआर गर्नु त्यति महँगो विषय होइन। सरकारले आफ्नै खर्चमा डीपीआर गर्नुपर्छ। संसारकै सबैभन्दा आधुनिक, किफायती र भरपर्दो प्रविधि भित्र्याउन बल गर्नुपर्छ। सबैभन्दा अत्याधुनिक प्रविधि जापानी, जर्मन वा फ्रेन्च हो। अध्ययन गरेर नेपाल लाभान्वित हुनुपर्छ।

डीपीआर फाइनल भइसकेको छैन। डीपीआरलाई जस्ताको तस्तै अबलम्बन गर्नु पहिला आवश्यक समीक्षा गरौं। अन्तर्राष्ट्रिय विज्ञ राखेर, के ठीक के बेठीक केलाऔं। रुट परिवर्तन गरौं वा डिजाइन प्यारामिटर फेरौं। 

संसारभरको आधुनिक, किफायती र भरपर्दो प्रविधि भित्र्याऔं। यसो गर्दा यो औचित्यपूर्ण रेलवेलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सकिन्छ।

प्रस्तुति : रोविन पौडेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.