‘भारतले काठमाडौं–रक्सौल रेलमार्गको कुरा राख्नु सकारात्मक’

‘भारतले काठमाडौं–रक्सौल रेलमार्गको कुरा राख्नु सकारात्मक’
सुन्नुहोस्

भारतले नै चासो दिएर यो आयोजनालाई अघि बढाइरहेको हुँदा यो आयोजना अघि बढाउनका लागि भारत तयार नै देखिन्छ।

नेपालको भौगोलिक बनावटमा रेलमार्ग सम्भव छ ?

विश्वका विकट भौगोलिक बनावट भएका भूभागमा पहाड छेडेर रेलमार्ग बनेका थुप्रै उदाहरण छन्। यूरोप, अमेरिका, चिन, भारतलगायत उदाहरण छन्। नेपालमा पनि सुरुङमार्गको काम अघि बढिसकेको छ भने सिंचाइका लागि पनि सुरुङमार्ग बनिसकेका छन्। 
रेलमार्गको सुरुङमार्ग केही अप्ठ्यारो भएपनि असम्भव भने छैन। सुरुङमार्ग, अग्ला पुलहरू, कंक्रिट बनावट बनाएर नेपालमा रेलमार्ग प्राविधिक रुपमा सम्भव छ। तर, आर्थिक रुपमा भने लगानी केही महंगो भने अवश्य नै छ। 

नेपाललाई यो रेलमार्गको आवश्यकता किन छ ?
नेपालमा हजारौं ट्रक, कन्टेनरहरू भारत र तेस्रो मुलुकबाट आउने वस्तु पनि भारतको बाटो हुँदै रक्सौलदेखि काठमाडौं आइरहेको छ। अहिले सामान ढुवानीको प्रमुख माध्यम नै यातायात भएकाले त्यसको विकल्पमा रेल हुनसक्छ। किनभने हवाइमार्ग सिधा काठमाडौंमा मात्र छ। 

त्यसकारण पनि रेलमार्गबाट सामान ढुवानी पनि सस्तो पर्छ। दुईतिहाइभन्दा बढी ढुवानी आयातमा भारतसँग आश्रित रहिरहँदा यो रेलमार्गले व्यापारिक रुपमा रणनीतिक महत्व पनि बोकेको छ। सरकारले पनि यसको आवश्यकता देखेर नै काम अघि बढाएको हो। 

करिब ३ खर्बको लगानी गरेर नेपालले रेलमार्ग बनाउन सक्छ त ?
सुरुमा लगानी भने ठूलो पर्ने हुँदा हामीले गर्न सक्दैनौं कि भन्ने लाग्छ। तर, अहिलेको नेपालको आवश्यकतामा रेलमार्ग पर्नुपर्ने हो। सरकारले अन्य पूर्वाधारमा पनि लगानी गर्नुपर्ने त हुन्छ तर पनि रेलमार्ग अघि बढाउने सम्बन्धमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ। काठमाडौं–रक्सौल रेलमार्गको पछिल्लो विकासक्रम कस्तो छ ?
फाइनल लोकेशन सर्भे गर्छौ भनेर भारतीय पक्षले २०२१ अक्टुबरमा नै हामीसँग सम्झौता गरेको हो।

 

भारतको कोंकण रेलवे कर्पोरेसन(केआरकेएल)ले यो अध्ययन गरिरहेको छ। अध्ययन अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। फिल्डबेस्ड कामहरू सकिएको, डिजाइनड्राइभ रिपोर्ट तयार गरिरहेको र त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ। 

यो रेल कुन बाटो हुँदै काठमाडौं आइपुग्छ ?
यो रेलमार्ग रक्सौलबाट सुरु हुँदै पर्सा, बारा, रौतहट, निजगढ, मकवानपुर हुँदै ललितपुर आउने भनिएको छ। यसको कुल लम्बाइ करिब १३६ किलोमिटर हुने भनिएको छ। यो सँगै लामा टनेल र अग्ला पुलहरू पनि निर्माण गरिने भनिएको छ। अझ यसको विस्तृत रिपोर्ट आएपछि स्पष्ट भन्न सकिन्छ। 

यो रेलमार्गले नेपाल–भारत सम्बन्धलाई कसरी व्याख्या गर्छ ?
नेपालको सन्दर्भमा धेरै विषय भारतसँग आश्रित छन्। आर्थिक तथा व्यापारिक रुपमा पनि भारतसँगको परर्निभता बढी नै छ। रेलमार्गले ढुवानीमा केही सस्तो बनाउन पनि यो रेलमार्ग हाम्रो आवश्यकता हो। 

भारतीय विदेश सचिवको भ्रमणले यो आयोजना अघि बढाउन कसरी मद्दत गर्छ ?

भारतका विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई नै भेटेर काठमाडौं–रक्सौल रेलमार्गको बारेमा जिज्ञासा राख्नु सकारात्मक पाटो हो। भारतले अनुदानमा नै अर्बौ रुपैयाँ लगानी गरेर अहिले फाइनल लोकेशन सर्भे पनि गरिरहेको छ। भारतले नै चासो दिएर यो आयोजनालाई अघि बढाइरहेको हुँदा यो आयोजना अघि बढाउनका लागि भारत तयार नै देखिन्छ। यो मौकालाई नेपालले आफ्नो हितमा प्रयोग गर्न सक्नुपर्छ। 

यो भ्रमणबाट नेपालको अपेक्षा कस्तो छ ?

फाइनल लोकशन सर्भे अन्तिम चरणमा भएकोले काठमाडौं–रक्सौल रेलमार्गको अन्तिम लगानी सार्वजनिक हुन्छ। यसपछि यो रेलमार्ग अघि बढाउन सकिन्छ कि सकिँदैन भन्नेमा नै हामी स्पष्ट हुन जरुरी छ। बनाउने हो भने यो रेलमार्ग कसरी बनाउने सम्बन्धमा नेपालले मुद्दा उठाउनु पर्छ। 

भारतीय विदेशमन्त्रीले यसमा चासो देखाइसकेको हुँदा अब नेपालले पनि आफ्नो धारणा बनाउनुपर्छ। खर्च जोहोको कुरा हुनसक्छ, जनशक्ति परिचालनका कुरालगायतमा नेपालले अब छलफल गर्न जरुरी छ। 

-प्रस्तुति : सुनिता कार्की 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.