‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को पहिलो फिल्ड अडिसन नेपालगन्जमा

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को पहिलो फिल्ड अडिसन नेपालगन्जमा
सुन्नुहोस्

काठमाडौं :  इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन हुने भएको छ।

यी दुवै कार्यक्रमहरूको फिल्ड अडिसन नेपालको विभिन्न सहरसँगै इन्डियाको सिलिगुडीमा हुने भएको हो। जसअनुसार नेपालगन्जमा फागुन ६ गते, बुटवलमा फागुन १० गते, सिलिगुडीमा फागुन १४ र १५ गते,  दमकमा  फागुन २० र २१ गते र काठमाडौंमा फागुन  २७ र २८ गते हुनेछ।

अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने आयोजकले जनाएको छ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरू काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन्।

साथै देश विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछन्। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरूले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउनु पर्नेछ। 

यसबाहेक ‘मेरो डान्स यूनिभर्स’को संस्कृतिक समूह विधामा सहभागी हुन चाहानेले पनि एपमार्फत् अडिसन दिन सक्नेछन्। 

सांस्कृतिक समूहमार्फत् सहभागी हुनेले भने फिल्ड अडिसनमा उपस्थित हुनपर्ने छैन। डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ।
  
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भने, ‘हामी हाम्रो संस्कृति जोगाउन  एकजुट भएर लाग्नुपर्छ। हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दु:खमा  परेकाहरूलाई मद्दत गर्नुमा छ। फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो।’

यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन्। फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। 

साथै फस्ट  रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले  २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख  रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

डान्स यूनिभर्स’को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट  रनरअपले १० लाख  रुपैयाँ  र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.