वीर अस्पतालमा ३ महिनाभित्र बर्न वार्ड सञ्चालन गरिने

वीर अस्पतालमा ३ महिनाभित्र बर्न वार्ड सञ्चालन गरिने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले ३ महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताएका हुन्।

विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । 'तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ', उनले भने, 'अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।'

अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.