कर्णालीका पूर्व सांसदहरू संगठित

कर्णालीका पूर्व सांसदहरू संगठित
सुन्नुहोस्

सुर्खेत : कर्णाली प्रदेशसभाका पूर्व सांसदहरू संगठित भएका छन्। उनीहरूले पूर्व प्रदेशसभा सदस्य मञ्च गठन गरेका हुन्। 

मञ्च नै गठन गरेर संगठित बनेका पूर्व सांसदहरूले कर्णालीको विकास, संघीयता कार्यान्वयन र प्रदेशसभालाई कानुन निर्माणमा सहजीकरण गर्ने बताएका छन्।

संघीय संसद अन्तरगत प्रतिनिधिसभामा पनि पूर्व सांसद मञ्च रहेको छ। तर प्रदेशसभातर्फ भने कर्णालीमा पहिलो पटक पूर्व प्रदेशसभा सदस्य मञ्च गठन गरिएको हो। 

संघसंस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता गरिएको उक्त मञ्चको अध्यक्षमा कर्णाली प्रदेशसभाका पूर्व सांसद दल रावल चयन भएका हुन्। उनी एमालेबाट प्रदेशसभाको सांसदमा हुम्लाबाट निर्वाचित भएका थिए। 

मञ्चको उपाध्यक्षमा पूर्व सांसद अमृता शाही, महासचिवमा कृष्णा शाह, सचिवमा पद्मा खड्का र कोषाध्यक्षमा मिनासिं रखाल छन्। 

११ सदस्यीय कार्यसमितिको सदस्यमा प्रदेशसभाका पूर्व सांसदहरू करवीर शाही, राजु नेपाली, बद्यमीक्वारी बोहोरा, रातो कामी, झोवा विक र नन्दसिंह बुढा रहेका छन्। 

बुधबार पत्रकार सम्मेलन गरेर मञ्च गठनबारे जानकारी दिइएको हो। यो तदर्थ समिति भएको र चाँडै भेला गरेर नयाँ समिति चयन गरिने बताइएको छ।

अध्यक्ष रावलले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन, आफ्ना वितगका अनुभवहरू साट्दै प्रदेशका सांसदहरूलाई परामर्श दिन र कानून निर्माणमा सहयोग गर्न आफूहरू संगठित भएको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.