एसले एमालेलाई भन्यो - राजनीतिक संवादको ढोका खोलियो

एसले एमालेलाई भन्यो - राजनीतिक संवादको ढोका खोलियो
सुन्नुहोस्

जगन्नाथ खतिवडाले एमालेले सुबास नेम्बाङलाई राष्ट्रपतिमा मतदान गर्न अनुरोध गर्दै लेखेको पत्रले राजनीतिक संवादको ढोका खोलिदिएको बताएका हुन्।

काठमाडौं : नेकपा एकीकृत समाजवादीले एमालेले राजनीतिक संवादको ढोका खोलेको बताएको छ। एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमालेले सुबास नेम्बाङलाई राष्ट्रपतिमा मतदान गर्न अनुरोध गर्दै लेखेको पत्रले राजनीतिक संवादको ढोका खोलिदिएको बताएका हुन्।

खतिवडाले एमालेका अध्यक्ष केपि शर्मा ओलीले एसका अध्यक्षलाई सम्बोधन गरेर राष्ट्रपतिका उम्मेदवार सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेखेको जानकारी दिएका छन्।

एमालेले लेखेको पत्र सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति  नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ।’

 एमाले अध्यक्ष ओलीले कांग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई पत्राचार गर्दै राष्ट्रपतिका उम्मेदवार नेम्बाङलाई मत मागेका हुन्। तर एकीकृत समाजवादीबाहेक अन्य दलका नेताहरुले भने सार्वजनिकरुपमा केहि बताएका छैनन्। 



प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.