सुवास नेम्वाङलाई मत माग्दै ओलीले लेखे माधव नेपाललाई पत्र

सुवास नेम्वाङलाई मत माग्दै ओलीले लेखे माधव नेपाललाई पत्र
सुन्नुहोस्

काठमाडौं: नेकपा एमालेले राष्ट्रपतिमा पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएपछि राजनीतिक दलसँग मत माग्न थालेको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई मत माग्दै पहिलो पत्रका रुपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका छन्। ओलीको हस्ताक्षरसहितको पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सम्बोधन गर्दै नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरिएको छ। 

पत्रमा भनिएको छ, 'आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार हाम्रो पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङलाई यही २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गरिएको छ। नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु।'

null

शनिबार बिहानको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपति उम्मेदवार तय गर्दै कांग्रेस बाहेकका दललाई समर्थन गर्न आग्रह गर्ने निर्णय गरेको थियो। पार्टी उपमहासचिव पृथ्वीसुव्बा गुरुङले कांग्रेसले आफ्नो उम्मेदवार उठाएकाले कांग्रेस बाहेकका दलसँग सहयोग माग्ने निर्णय गरेको बताएका थिए। सोही बमोजिम एमालेले पहिलो पत्र नेकपा एकीकृत समाजवादीलाई लेखेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.