पल शाह रिहा हुँदै, पोखरा उच्च अदालतले दियो सफाइ

पल शाह रिहा हुँदै, पोखरा उच्च अदालतले दियो सफाइ
सुन्नुहोस्

पोखरा: नाबालिका बलात्कार सम्बन्धी मुद्दामा कलाकार पूर्णविक्रम (पल) शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर्‍याएको हो।

 
यसअघि जिल्ला अदालत नवलपुरले शाहलाई २५ हजार जरिवानासहित २ वर्ष ६ महिना कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति फैसला गरेको थि । त्यसविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गरेका थिए। शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा परेको मुद्दामा सफाइ पाइसकेका थिए। नवलपुर अदालतले बालयौन दुराचारमा सजाय फैसला गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतबाट बलात्कारमा दिइएको सफाइविरुद्ध पुनरावेदन गरेको थियो।
 
उच्चले आइतबार अभियोग दावी नपुग्ने भन्दै जिल्लाको फैसला उल्ट्याएपछि कलाकार शाह अब रिहा हुने भएका छन्। जिल्लाको सजाय अनुसारै उनी कारागार छन्। प्रक्रिया पूरा गरी सोमबार उनी रिहा हुँदैछन्।

फैसलाको पाठ

null
 
उच्चको आइतबारको फैसलामा पीडित भनिएकी गैडाकोट ५ (क) नाम दिइएकी युवतीले शाहलाई मोबाइलमा ‘हामीलाई थाहा छ, हामीबीच त्यस्तो केही भएन, यसबीच तिमीलाई परेको दु:खका लागि माफी चाहन्छु..’ भनी सन्देश पठाएको उल्लेख गरिएको छ। प्रतिवादी शाह र गैंडाकोट ५ बीचको अडियो संवाद, पोलिग्राफ परीक्षण लगायत आधार र वस्तुनिष्ठ प्रमाणका आधारमा शाहमाथिको अभियोग दाबी नपुग्ने फैसला उच्च अदालतले गरेको हो।
 
पोखराकी एक किशोरीले कलाकार शाहले आफूलाई तनहुँ र नवलपुरको गैंडाकोटमा बलाकात्कार गरेको भनी तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरी नवलपुरमा पनि परेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँ र नवलपुर दुवैले जिल्ला अदालतमा शाहविरुद्ध मुद्दा दायर गरेका थिए। 

त्यसअघि नै शाहले गत वर्ष फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए। शाहलाई थुना वा कैदमा राख्नुनपर्ने भएकाले त्यही व्यहोराको पत्र उच्च अदालतले जिल्ला कारागार तनहुँलाई लेखी पठाउने आदेशसमेत गरेको छ। सोअनुसार पत्राचार पूरा भएपछि शाह रिहा हुनेछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.