फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ
सांकेतिक तस्बिर
सुन्नुहोस्

उदयपुर: जिल्ला अदालतको फैसला पछि सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई प्रहरीले अभियान नै सञ्चालन गरी धमाधम पक्राउ गर्न थालेको छ।

 
तीन दिन अघि तीन जना पक्राउ गरेको प्रहरीले थप तीन जना पक्राउ गरेको छ। पक्राउ परेकालाई अदालतमा उपस्थिति गराई कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारका अनुसार पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका १४ कालीखोला नौले घरभई हाल उदयपुरको कटारी नगरपालिका २ खोक्साका ४० वर्षीय रिदीकुमार गौतम, कटारी नपा ८ बेल्टारका ६९ वर्षीय दूर्गाबहादुर तामाङ छन्।

त्यसैगरी कटारी नपा १ कालिखोला घरभई हाल सिरहाको मिर्चैया नपा ७ बस्ने ५० वर्षीय स्वस्तिहरि बराल। पक्राउ परेका गौतमलाई अदालतले जिउ मास्ने बेच्ने मुद्दामा  २०५९ असार २६ गते कसुर ठहर गर्दै २ वर्ष कैद सजाय तोकेको थियो।
 
त्यस्तै बराललाई अदालतले जवरजस्तिकरणी मुद्दामा २०६२ फागुन ८ गते कसुर ठहर गर्दै ६ वर्ष कैद र तामाङलाई लागुऔषध मुद्दामा २०७४ फागुन २८ गते कसुर ठहर गरी १० महिना १५ दिन कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो।
 
अदालतले कसुर ठहर गरेपछि फरार सुचीमा रहेका उनीहरुलाई प्रहरीले खोजी सूचीमा राखी खोजीकार्यलाई तिव्रता दिएको डीएसपी पोदारले बताए। उनले भने, ‘फरारहरुको खोजी सुची तयार गरी हेर्दा उनीहरु भागेको देखियो, केही दिन यता जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले निगरानी बढाउँदा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।'

प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार फरार प्रतिवादी पक्राउ अभियान अन्तगर्त २०७९ फागुन ९ देखि १४ गतेसम्ममा ७ जना फरार अभियुक्तहरु पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइसकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.