ऋण मिनाहको माग गर्दै लघुवित्त पीडित आन्दोलनमा

ऋण मिनाहको माग गर्दै लघुवित्त पीडित आन्दोलनमा
सुन्नुहोस्

उदयपुर: बिनाधितो ऋण दिने प्रलोभनमा पारेर महिलाको चरम आर्थिक शोषण गरेको भन्दै लघुवित्त वित्तीय संस्थाविरुद्ध उदयपुरमा महिला आन्दोलित भएका छन्। विभिन्न प्रलोभन देखाई महिलालाई समूह गठन गरेर आर्थिक शोषण गरेको भन्दै स्थानीयहरु लघुवित्त वित्तिय संस्थाविरुद्ध आन्दोलित भएका हुन्।

ऋण लिँदा आर्कषक अफर भन्ने र पछि ३६ प्रतिशतसम्म व्याज असुल्ने गरी सञ्चालक रातारात करोडपति बनेको उनीहरूको आरोप छ। गाउँ बस्ती र सहर बजार जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा बचतको नाममा रकम लुटेर आफु मोटाउने र समुदायलाई कंगाल बनाउने गरेको पाईएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ।
 

आक्रामक रुपमा आन्दोलनमा उत्रिएका उनीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयमा मिनाहाको माग गर्दै धर्ना र विरोधसभा गरेका छन्। विपन्न नागरिकको जीवन स्तर उकास्न भन्दै विना धितो समुहको जमानतमा ऋण दिने र पछि राष्ट्रबैंकले तोकेको भन्दा फरक गरी विभिन्न शीर्षकमा मोटो रकम असुल्ने गरेको बताएका छन्।

त्रियुगा नगरपालिकाकी सन्तोषी सदाले भनिन्, ‘५० हजार ऋण दिँदा सेवा शुल्कका नाममा तीन हजार सुरुमै लिने र ३६ प्रतिशतसम्म व्याज असुल्ने गरेका छन्।' उनले भनिन्, ‘व्यापार व्यवसाय, उत्पादन र प्रर्वद्धनमा वार्षिक १५ प्रतिशत व्याजमा विना धितो ऋण दिन्छु भनेर आश्वसन दिन्छन कारोवार गर्दै जाँदा ३६ प्रतिशत पुर्याउँछन्।'

१ लाख रुपैँया ऋण लिने महिलाले १५ प्रतिशत व्याजसहित १ लाख १५ हजार तिर्दा हुनेमा ३ लाखभन्दा बढी तिर्दासम्म पनि चुक्ता नहुने पीडितहरुको भनाइ छ। ‘२ वर्षमा तिर्ने गरी लिएको एकलाख रकम ऋणको साँवा व्याज महिनामा ६ हजार ५ सयले पुग्ने भए पनि १० हजारभन्दा बढी तिर्दै आउनु परेको उनीहरूको दुखेसो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.