प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.२२ अंकले बढेर २७०१.२६ विन्दुमा पुगेको छ।
यो समयमा ७५ स्क्रिप्सको १२ हजार ५२ कित्ता सेयर ८९ लाख २५ हजार ८७२ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा ४१ स्टक्सको मूल्य बढ्यो भने २७ वटाको घट्यो।
बाँकी ७ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !