कुकुर नियन्त्रण गर्दै सन्धिखर्क नगर

कुकुर नियन्त्रण गर्दै सन्धिखर्क नगर
सुन्नुहोस्

सन्धिखर्क: सन्धिखर्क नगरपालिकाले छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण गरेको छ।

 
बिहान, बेलुकाको समयमा मानिस आवातजावत गर्दा कुकुरले टोक्ने तथा बिहान विद्यालय जाने विद्यार्थीलाई टोक्ने, लखेट्ने समस्या बढ्न थालेपछि नगरले कुकुर नियन्त्रण अभियान थालेको हो। सन्धिखर्कमा रहेका घरपालुवा तथा छाडा कुकुर गरी ३ सय बढी कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ।

null
 
बजार तथा ग्रामीण क्षेत्रमा भएका कुकुरले मानिस तथा अन्य घरपालुवा जनावर पशुपक्षीमा आक्रमण गर्ने, झम्टिने, अराजक स्वभाव देखाउने गर्दा मानिसमा त्रास बढेको र रेबिजको जोखिम बढेकाले कुकुर नियन्त्रण गर्न स्थायी बन्ध्याकरण शिविर चलाइएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।
 
घरपालुवा तथा भुस्याहा कुकुरमा स्थायी बन्ध्याकरण तथा रेविज भ्याक्सिनेसन दोस्रो चरणको ३ दिने शिविर सन्धिखर्कमा आज सम्पन्न भएको हो। शिविरमा तीन सयभन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको छ। गत कात्तिकमा नगरपालिकाले २०८ वटा कुकुरमा स्थायी बन्ध्याकरण गरी रेबिज खोप लगाईको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.