झापामा कारको ठक्करबाट दुईजनाको घटनास्थलमै मृत्यु

झापामा कारको ठक्करबाट दुईजनाको घटनास्थलमै मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

मृत्यु हुनेमा कनकाई नगरपालिका-८ निवासी ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।

झापा : झापामा कारको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका-८ निवासी ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार कनकाई-८ स्थित लक्ष्मिपुर चौकमा मंगलबार राति १२ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ च ४५२५ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा उनीहरूलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट दुवैजनाको घटनास्थलमा मृत्यु भएको थियो । यता कारसहित चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.