सङ्खुवासभामा राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने

सङ्खुवासभामा राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने
सुन्नुहोस्

खाँदबारी : सङ्खुवासभाको मादि नगरपालिकामा राष्ट्रव्यापी खुला ‘मादी ब्याडमिन्टन’ प्रतियोगिता हुने भएको छ। 

मादी नगरपालिकाको आयोजनामा फागुन २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रमुख जीवज लिङ्थेपले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए। 

प्रतियोगिताको पुरुष डबलतर्फ प्रथमले नगद ७५ हजार, द्वितीयले नगद ५० हजार र सेमिफाइनलिस्ट दुई टिमले नगद १५/१५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रमुख लिङ्थेपले जानकारी गराए। 

त्यसैगरी प्रतियोगिताको खुल्ला महिला तर्फ प्रथमले नगद ४५ हजार, द्वितीयले नगद ३० हजार र सेमिफाइनलिस्ट दुई टिम नगद १०/१० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

प्रतियोगिताको खुल्ला भेट्रान्स डबल(४५ वर्ष माथि) तर्फ प्रथमले नगद ४० हजार, द्वितीयले नगद २५ हजार र सेमिफाइनलिस्ट दुई टिमले नगद ८/८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। 

प्रतियोगितामा देशभरीबाट राष्ट्रिय खेलाडी, खेलप्रेमी लगयतका व्यक्तिहरूको सहभागिता गराई नगरपालिकाको पृथक पहिचानलाई देश तथा विदेशमा चिनाउने लक्ष्य रहेको प्रमुख लिङ्थेपले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.