३७ ओभरमा पाँच विकेट गुमाएर यूएईले बनायो १४२ रन
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा घरेलु टिम यूएईले नेपालविरुद्धक ३७ ओभरमा पाँच विकेट गुमाएर एक सय ४२ रन बनाएको छ।
भ्रमणकारी नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका छन्। सन्दीपले ३६औं ओभरको तेस्रो बलमा यूएईका ओपनर आसिफ खानलाई पेभेलियन फर्काए। ९९ बल खेलेका खानले पाँच चौका र तीन छक्कासहित ७२ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
त्यसपछिको ओभर बलिङ गरेका आरिफ शेखले अलिशान सारफुलाई दुई रनमा पेभेलियन फर्काएका छन्। यसअघि, नेपालका लागि तेस्रो विकेट कुशल मल्लले लिएका थिए।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४५ बलमा एक चौकासहित २४ रन बनाएका यूएईका कप्तान रिपी रिजवानलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराउन कुशल सफल भए।
नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्। सन्दीपले १३.४ आभेरमा ३८ बलमा १८ रन बनाएर खेलिरहृका वृत्या अरविन्दलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए।
टस जितेर फिल्डिङ गरिरहेको नेपाललाई पहिलो ओभर बलिङ गरेका करण केसीले पाँचौं बलमा कुनै रन नदिई घरेलु टिमका ओपनर मुहम्मद वासिमलाई बोल्ड गरेका थिए।
यूएईले ३८ ओभेर सकिँदा पाँच विकेट गुमाएर एक सय ४७ रन बनाएको छ। नेपालले यो खेलमा जित निकाले एकदिवसीय मान्यता जोगाउन नेपाल एक कदम नजिक पुग्ने छ।
पछिल्ला पाँच खेलमा विजयी रहेको नेपाल आज पनि सोही लय कायम राख्न चाहन्छ। विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी सातै खेल जित्नु पर्ने दबाब छ।
प्रतिक्रिया दिनुहोस !