यूएईसँग नेपाल ६८ रनले पराजित

यूएईसँग नेपाल ६८ रनले पराजित
सुन्नुहोस्

यूएई : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएईसँग ६८ रनको लज्जास्पद पराजय बेहोरेको छ। 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले आठ विकेट गुमाएर दुई सय सात रनको योगफल तयार गरेको थियो।

दोस्रो इनिङमा दुई सय आठ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३१.५ ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन मात्रै बनाउन सक्यो। 

नेपालका लागि ५३ बलको सामना गरेका कुशल मल्लले ९ चौका र एक छक्कासहित ६० रनको अर्धशतकीय इनिङ खेले।

यस्तै, ओपनर आसिफ शेखले १७ र सन्दीप लामिछानेले अविजित २६ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यूएईका लागि रोहन मुस्ताफाले ३१ रन खर्चेर तीन विकेट लिए। यस्तै, कार्तिक मेयाप्पनल ८.५ ओभरमा २६ रन खर्चेर समान तीन विकेट लिए। जुनेद सिद्धिकीले दुई विकेट लिए। यस्तै, साबिर अली र जहुर खानले एक–एक विकेट लिए। 

पहिलो इनिङमा यूएईका लागि आसिफ खानले ९९ बलमा पाँच चौका र तीन छक्काहित ७२ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका रोहन मुस्ताफाले ७६ बलमा दुई चौकासहित ५२ रनको अविजित इनिङ खेले।

मुस्ताफासँग ५८ रनको साझोदारी गरेका आर्यन लाक्राले ३६ बलमा २८ रन बनाएका थिए। यस्तै, कप्तान सिपी रिजवान २२ तथा वृत्य अरविन्द १८ रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि १० ओभरमा २७ रन खर्चिएका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले पाँच ओभरमा १७ रन खर्चिएर एक विकेट लिए। 

आरिफ शेखले ९ ओभरमा ३३ रन खर्चिएर एक विकेट लिएका थिए। दीपेन्द्रसिंह ऐरी १० ओभरमा ३५ रन खर्चिएर एक मेडन मात्रै राख्न सके।

करण केसीले सात ओभरमा ४० रन खर्चिएर एक मेडनसहित एक विकेट लिए। हारसँगै नेपालको शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोट खेल्ने सम्भावना चुनौतीपूर्ण बनेको छ। 
बाँकी ६ खेलमा जित निकाले मात्रै नेपालले १२ अंक जोड्दा नामिबियालाई उछिन्ने छ। नेपालको अहिले २८ अंक छ। नामिबियाको ३९ अंक छ।

स्कटल्यान्ड यसअघि नै लिग २ च्याम्पियन बनिसकेको छ भने ओमानले पनि दोस्रो स्थान सुरक्षित गरिसकेको छ। नेपालले भोलि पपुवा न्युगिनी (पीएनजी)सँग र सोमाबर यूएईसँग यो शृंखलाको अन्तिम एकदिवसीय खेल्ने छ। 

मार्च ९ देखि कीर्तिपुरमा नेपालले लिग २ को अन्तिम शृंखलाको आयोजना गर्नेछ। अब एउटा मात्रै खेलमा पराजित भए पनि नेपालको शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त हुनेछ। यस्तै, एकदिवसीय शृंखला जोगाउन पनि शीर्ष पाँचमा पुग्नुपर्ने दबाब छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.