ओखलढुंगाको दियालेमा बोलेरो दुर्घटना : २ को मृत्यु, ९ गम्भीर

ओखलढुंगाको दियालेमा बोलेरो दुर्घटना : २ को मृत्यु, ९ गम्भीर
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : ओखलढुंगाको चिसंखुगढीमा भीरबाट बोलेरो खस्दा दुईजनाको घटनास्थलमै  मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका छन् ।

चिसंखुगढी गाउँपालिका ३ चापाकोटबाट जिल्ला सदरमुकामतर्फ ११ जना यात्रु लिएर जाँदै गरेको १ ज ८४७३ नम्बरको बोलेरो आइतबार बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मृत्यु हुनेमा मिनबहादुर श्रेष्ठ र भक्त बहादुर थापा रहेको प्रत्यक्षदर्शी राजु शर्माले जानकारी दिए । गम्भीर घाइते सबैलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको छ । 

क्षमताभन्दा बढी यात्रु बाकेका कारण उकालोमा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घाइते अधिकांशको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले शर्माले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.