निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेको औषधि

निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेको औषधि
सुन्नुहोस्

गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेका औषधि वितरण गरेको छ। 

बुटबलको चौराह अस्पतालको प्राविधिक सहयोगमा नगरपालिकाले शनिबार तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। 

नसा रोगसम्बन्धी उपचार गराउन शिविरमा आएकी रेसुंगा नगरपालिका-८ की एक महिलाले आफूलाई म्याद गुज्रेको औषधि दिएको बताइन्। 

ती महिलाले घरमा छोरीलाई औषधिको म्याद हेर्न भनेपछि गुज्रेको औषधि भएको पत्ता लागेको हो। ‘एमिजोड–१०’ नामको उक्त औषधि महिलालाई दिइएको हो। उनीसहित अन्य १० जना बिरामीलाई शिविरमा म्याद गुज्रेका औषधि दिइएको छ।

सर्वसाधारण नागरिकहरूको स्वास्थ्यप्रति खेलबाड गरेर म्याद नभएको औषधि दिएको भन्दै महिलाले नगरपालिकाप्रति आक्रोश पोखेकी छन्। 

वितरण गरिएको औषधिको म्याद २०२३ जनवरीमा सकिएको छ। उनले लगेको म्याद गुज्रेको औषधिमा बिरामीलाई बिक्री गर्न नमिल्ने ‘फिजिसियन स्याम्पल नट फर सेल’ समेत लेखिएको छ। 

आफू जिल्ला बाहिर भएकाले शिविर सञ्चालन र म्याद गुज्रेको औषधि वितरणका बारेमा पूर्ण जानकारी नभएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले प्रतिक्रिया दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.