१५ दिने मध्यमा मिथिला परिक्रमा जनकपुरधाम आइपुग्यो

जनकपुरधाम : मिथिलालञ्चलको ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पन्द्रह दिने मिथिला माध्यमिकी परिक्रमाका लावालस्करसहितको टोली जनकपुरधाम आइपुगेको छ । तराई मधेशको जिल्लाह र भारतको विहार प्रान्त सीमावर्ती क्षेत्रमा अवस्थित धार्मिक स्थल १ सय ७ सीमावर्ती क्षेत्र भारतको २६ किलोमिटर गरि १ सय ३३ किलोमिटर भू–भागको परिक्रमा पैदल यात्रीहरू जनकपुरधाम आइपुगेका हुन्।
आइतबार रात्रिकालिन समयमा आइपुगेको साधुसन्तको टोलीले जनकपुरधामको विभिन्न स्थानमा दिनभरि विश्राम गर्ने मध्यान्ह रातमा नगरको परिक्रमा गर्नेछ । अहिले साधुसन्तहरू विभिन्न कुवा नदी,तलाउहरूमा स्नान–ध्यान गरी चोखो भई नियम निष्ठाका साथ बस्ने गर्दछ । परिक्रम अवधिमा यौन सम्बन्ध राख्न नहुने,मद्य मदिरा तथा मासु खान नहुने मान्यता रही आएको जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवले बताए ।
हजारौं हजारको संख्यामा रहेका साधु–सन्त तथा महात्माहरू जनकपुरधामको ऐतिहासिक बाह्रविघा,तीरहुतिया गाछीमा पण्डाल, तथा विभिन्न कुट्टी,छाउनी तथा ओडारको सहारामा बसिरहेका छन् । परिक्रमा यात्रीहरूले रात्रिकालिन विश्रामका लागि पराल,भाँडाकुडाँ,टायरगाडा, दाउँरा, चामल, दाल लगायत उपभोग्य वस्तुहरू लिएरै हिँडने गरेका छन् । डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी भजन किर्तन सहितका मौलिक पहिरनमा लाखौं नर–नारीहरू सहभागिता जनाएका छन् ।
मानव समुदायको लावा लस्करसहितको टोलीले मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्नेछ। जसलाई १५ दिने माध्यमिकी परिक्रम वा मध्यमा परिक्रमा भनिन्छ । परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक सुरु भएर फुलहर,मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा,विषौल र फेरि कल्याणेश्वर हुँदै फागुन पूर्णीमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।
परिक्रमाको प्रारम्भ
परिक्रमाको प्रारम्भ बारे कतै उल्लेख भएको पाइदैन यद्यपि भगवान गणेशद्वारा तीनै लोकको परिक्रमाको क्रममा माता पार्वती र पिता महादेवको परिक्रमा गरेको धर्मग्रन्थरूरुमा उल्लेख पाइन्छ । आफ्नो अराध्य देव वा देवी तथा पुण्य भूमिको परिक्रमा गर्नाले पुण्यको प्राप्ति हुने जनविश्वास रहेको छ । मन्दिरहरूमा देवी देवताको पूजा गरेपछि त्रिपेक्षण गर्नुलाई परिक्रमाकै स्वरुपको रुपमा लिइन्छ ।
परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सराहनीय मान्न सकिन्छ । सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ । परिक्रमाको नेतृत्वको विषयलाई लिएर कचुरी मठ र जनक दुलारी कुटीबीच मुद्दा मामिला समेत चलेको थियो । तर वि.सं. १९९०मा जिल्ला अदालत धनुषाले कचुरी मठकै पक्षमा फैसला सुनायो ।
हुनत मिथिला मध्यमा परिक्रमा सम्बन्धमा मिथिला महात्ममा चर्चा भएको पाइन्छ । मिथिला महात्म १८औँ शताब्दिमा लेखिएको मानिन्छ । यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८औँ शताब्दिभन्दा पहिले नै सुरु भएको हुन सक्ने अनुमान गरिन्छ ।
प्रतिक्रिया दिनुहोस !
