प्रचण्डका आतंककारी गतिविधिविरुद्ध रिट दायर गरेका हौं : रिट निवेदक

प्रचण्डका आतंककारी गतिविधिविरुद्ध रिट दायर गरेका हौं : रिट निवेदक
सुन्नुहोस्

काठमाडौं : रिट निवेदक कल्याण बुढाथोकीले द्वन्द्वकालमा आतंककारी गतिविधि गरेकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरूद्ध रिट दायर गरेको बताएका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्डविरूद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुगेका अधिवक्ता बुढाथोकीले प्रचण्डले युद्धको नियमविपरित काम गरेकाले त्यसको विरोधमा मुद्धा दर्ता गराएको प्रतिक्रिया दिएका हुन्।

उनले गत कार्तिकमै निवेदन दर्ता गर्न खोजेपनि दरपिट गरेपछि अहिले दर्ता भएको बताए।  उनले घरभित्र बसेका सर्वसाधारणलाई अन्‍याय गरेकाले आफूहरू न्यायको खोजिमा रहेको बताए।

'हिजोको दिनमा उहाँहरूले गरेका जघन्य अपराध,युद्धको नियमवपिरीत गरेको कामको विरोधमा मुद्दा दर्ता गराएका हौं,'उनले भने,' घर बसेका नागरिकहरूलाई अन्याय गरेकाले हामी न्याय खोज्न आएका हौं।'

अर्का रिट निवेदनकर्ता ज्ञानेन्द्रराज आरणले संक्रमणकालीन न्यायका विषयमा देखिएका समस्या समाधानका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि नभएपछि न्यायका लागि सर्वोच्च आउनुपरेको बताए। उनले केहि परिवारका प्रतिनिधिले मात्र रिट हाले पनि यसले द्वन्द्वकालमा माओवादीबाट मारिएका ५५ सय जना परिवारको प्रतिधित्व गर्ने बताए।

यस्तै अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले पीडितलाई न्याय दिलाउनका लागि पहल गरिएको बताए । २०७६ साल माघ १ गते माघी पर्वका बेला जनयुद्धमा बेला मारिएका ५ हजार जनाको जिम्मा लिने अभिव्यक्तिका आधारमा हत्याको परिभाषित गर्दै अपराधिको सूचीमा राखेर न्यायिक हिरासतमा राखिनुपर्छ भन्ने विषय रिट निवदेनमा समेटिएको उनले जानकारी दिए।

यसअघि कात्तिकमा यही माग लिएर उनीहरू सर्वोच्च गएका थिए । सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरुद्ध उनीहरुले निवेदन दिएका थिए । शुक्रबार सोही निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरुद्ध दिएका रिट दर्ता गर्न आदेश गरेको थियो । 

उनीहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो। त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए। 

द्वन्द्वकालीन मुद्दालाई लिएर  प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट दर्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै सर्वोच्चमा प्रचण्डबिरुद्ध दुईवटा रिट दर्ता भएका छन् । प्रचण्डविरुद्ध रामेछापका बुढाथोकी,सुवास गिरीलगायत ८ जना र रामेछापकै आरणसहित १४ जनाले रिट दायर गरेका हुन् ।

रिट दायर भएपछि सर्वोच्चले फाल्गुन २५ गते बिहीबारका लागि पेशी तोकेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.