‘सरकारले स्वीकृति दिएको छैन’

मुस्ताङमा कलेज खोल्नका लागि आग्रह गरेको जानकारी पाएको छु : प्रचण्ड

सरकारले स्वीकृति दिएको छैन

मुस्ताङमा कलेज खोल्नका लागि आग्रह गरेको जानकारी पाएको छु : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको जानकारी पाएको बताएका छन्। मंगलबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुस्ताङमा कलेज खोल्नका लागि आग्रह गरेको थाहा पाएको भएपनि सरकारले स्वीकृति नदिएको स्पष्ट पारेका हुन्। 

उनले मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भनेर गरिएको प्रचारमा सत्यता नभएको दाबी गरे। मुस्ताङको चर्चा आउने बित्तिकै सबै नेपाली संवेदनशील हुने गरेको उल्लेख गर्दै उनले त्यहाँ रहेको खनिजको उपयुक्त प्रयोग गरिए देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने धारणा राखे।

प्रधानमन्त्री प्रचण्डले मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने धारणा राखे। आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने उनको भनाइ छ । उनले  भारतीय बजारमा मात्रै नभई, बङ्गलादेशमा समेत बिजुली बिक्री गर्न सक्ने वातावरण क्रमशः बनेका जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताए।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशपछि गुणात्मक परिवर्तन आएको भन्दै यस क्षेत्रमा देखिएका समाधान सम्बोधनका लागि सरकार गम्भीर हुनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.