‘माई पे’ फुटसल उपाधि आईएमई ग्रुपलाई

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : माई पे कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि आईएमई ग्रुपले जितेको छ।
डिजिटल वालेट ‘माई पे’द्वारा आयोजित कर्पोरेट फुटसलको फाइनलमा शुक्रबार ‘खल्ती’लाई ६–१ ले हराउँदै ‘आईएमई ग्रुप’ले उपाधि जितेको हो।
प्रतियोगितमा माई पेको दुई टोली, माछापुच्छ्रे बैंक, सेल पे, पे वेल, खल्ती, फोन पे र आईएमई ग्रुप गरी आठ वटा टोलीको सहभागिता रहेको थियो।
काठमाडौंको हाडीगाँउस्थित धन्वन्तरी फुटसलमा भएको प्रतियोगितामा विजेता आईएमई ग्रुपले उपाधिसहित १ लाख र दोस्रो हुने खल्तीले ५० हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
