माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु
झापा :झापाको भद्रपुरमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-३ स्थित भैंसाबाडी निवासी ४० वर्षीय रामकुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार दिउँसो साढे १ बजे घर नजिकैको पोखरीमा माछा मर्ने क्रममा लिम्बू डुबेर बेपत्ता भएको थिए । बेपत्ता उनको खोजी गर्ने क्रममा स्थानीयबासी र प्रहरी टोलीले मृत फेला पारेका थिए ।
मृत अवस्थामा फेला परेको उनको शवलाई कानुनी प्रक्रिया पुरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।