स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका ५ स्टाफ नर्सलाई सेवाबाट हटायो

स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका ५ स्टाफ नर्सलाई सेवाबाट हटायो
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच स्टाफ नर्सलाई सेवाबाट हटाएको छ। मन्त्रालयअन्तरगतको कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालमा कार्यरत स्टाफ नर्सहरूलाई सेवाबाट हटाएको हो।

मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बिदा स्वीकृत नगराइ कार्यालयमा अनुपस्थित रहेका पाँचौं तहका स्टाफ नर्स सम्झना श्रेष्ठ,सुशिला ढकाल,जमुना सिटौला,शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको जनाएको छ।

बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन सूचना प्रकाशित गर्दा पनि उनीहरू म्यादभित्रसम्म पनि कार्यालयमा हाजिर हुन नआएकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को (घ) बमोजिम सेवाबाट हटाइएको सूचनामा उल्लेख छ


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.