मन्त्रालय, संवैधानिक आयोग र निकायलाई ३ दिनभित्र कर्मचारीको विवरण बुझाउन निर्देशन
मंगलबार मन्त्रालयले परिपत्र जारी गर्दै सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायलाई ३ दिनभित्र कर्मचारीको विवरण बुझाउन निर्देशन दिएको हो ।
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय मन्त्रालय, संवैधानिक आयोग र निकायसँग कर्मचारीको विवरण माग गरेको छ । मंगलबार मन्त्रालयले परिपत्र जारी गर्दै सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायलाई ३ दिनभित्र कर्मचारीको विवरण बुझाउन निर्देशन दिएको हो ।
मन्त्रालयले पद, श्रेणी, सेवा/समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवालगायतको विवरण माग गरेको हो। उपसचिव कमानसिं थापामगरले जारी गरेको परिपत्रमा भनिएको छ, ‘त्यहाँ मन्त्रालय / संवैधानिक आयोगको स्वीकृत संगठन संरचना बमोजिम कर्मचारीहरुको पदपूर्ति सम्बन्धी विवरण देहायअनुसारको ढाँचामा कर्मचारी प्रशासन महाशाखा प्रमुखबाट विवरण प्रमाणित र पत्रमा हस्ताक्षर गरी सफ्ट कपिसहित यस मन्त्रालयको कर्मचारी प्रशासन शाखामा प्राप्त हुने गरी ३ दिनभित्र २०७९ / ११ / ३० को (सचिवस्तरीय) निर्णयानुसार अनुरोध छ।’