सोताङमा मृत भेटिएका राईका आफन्त भेटिएनन्

सोताङमा मृत भेटिएका राईका आफन्त भेटिएनन्
सुन्नुहोस्

सोलुखुम्बु: सोताङ गाउँपालिका ३ सोहरामा मृत भेटिएका सुमेन्द्र राईका आफन्त सम्पर्कमा नआउँदा पोस्टमार्टममा समस्या भएको छ। 

उनी गत आईतबार मृत फेला परेका थिए। उनको साथमा भेटिएको कोरोना खोप कार्डको विवरण अनुसार राई भारत दार्जिलिङ कुर्सुङ १५ घर नम्बर २५ का व्यक्ति हुन्। 

मुखबाट रगत आएको अवस्थाका उनलाई प्रहरीले मृत फेला पारेको थियो। आफन्तको जानकारी लिन भारतीय प्रहरीको सहयोग लिए पनि अहिलेसम्म पत्ता नपाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर साहले जानकारी दिए। 

भारतीय प्रहरीले खोप कार्डमा भेटिएको विवरण अनुसारको व्यक्ति सोही ठेगानामा फेला नपरेको भारतीय प्रहरीले जानकारी गराएको साहले बताए । उनको शव जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ।

मृतकका परिवारसँग सम्पर्क हुनेले वा आफन्तले प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५२८९०१९९, ९८५२८९०४६७ वा १०० मा सम्पर्क गरेर जानकारी गराइदिन प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.