नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा राई विजयी

नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा राई विजयी
सुन्नुहोस्

सोलुखुम्बु : नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा मदन राई निर्वाचित भएका छन्। सल्लेरीमा सम्पन्न ९ औँ जिल्ला अधिवेशनको निर्वाचनबाट २८४ मतका साथ राई विजयी भएका हुन्। 

उनका प्रतिस्पर्धी महाप्रसाद फूयालले १८१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी महाप्रसाद फूयालले १८१ मत प्राप्त गरे। शनिबार राती सकिएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा मदनकै प्यानलका राधादेवी बस्ने निर्वाचित भइन्। 
राधादेवीले २७७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सीता कुमारी आचार्यले १७३ मत प्राप्त गरिन्। सचिवमा भने महाप्रसाद फूयाल प्यानलका प्रकाश राई विजयी भएका छन्। उनी २४१ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी उत्तरकुमार राईले २०४ मत प्राप्त गरे। अर्का उपाध्यक्षमा राजु दुलाल र अर्थ सचिवमा रेमन्त कुमार बस्नेत निर्वाचित भए। अन्य सदस्यहरुमा पनि मदनकै प्यानलका विजयी भएको बताइएको छ। 

उनी २४१ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी उत्तर कुमार राईले २०४ मत प्राप्त गरेका छन्। अन्य सदस्यहरुमा पनि मदनकै प्यानलका विजयी भएको बताइएको छ। अधिवेशनबाट १८ सदस्य जिल्ला कार्यसमिति चयन गरिएको छ। 
संघीय महाधिवेशन प्रतिनिधिमा २७८ मतका साथ लाल प्रसाद बास्तोला, २४८ मतका साथ जनक कुमार थापा र २११ मतका साथ भलाकाजी मगर निर्वाचित भएका छन्। शिक्षक संघ सोलुका ७०२ जना सदस्य मध्ये ४६७ जनाले मतदान गरेका थिए। सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएपनि सहमती हुन नसक्दा अन्तत निर्वाचन प्रकृयामा होमिएको थियो। 

नेपाली कांग्रेसको शुभेच्छु संस्था नेपाल शिक्षक संघको नेतृत्वका लागि उम्मेद्वारी दिए महाप्रसाद फुयालको प्यानल नेता आङ गेलु शेर्पा खेमाका र मदन राईको प्यानल नेता बलबहादुर केसी खेमाका हुन्। नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने शिक्षक संघले जनाएको छ। अधिवेशनको शुक्रबार सल्लेरीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बल बहादुर केसीले उद्घाटन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.