हेराफेरी-४ लाई कानुनी उल्झन, टीसीरीजले पठायो 'लेगल नोटिस'
मुम्बई : हेराफेरी ४ बनाउने घोषणासँगै कानुनी उल्झनमा परेको छ। अक्ष्य कुमार, सुनिल सेठ्ठी र परेश रावल अभिनित हेराफेरीलाई म्युजिक कम्पनी टीसीरीजले लेगल नोटिस पठाएको छ।
हेराफेरी फिल्मको संगीत र भिजुअलको पूर्ण कपिराइट आफूसँग रहेको र हेराफेरी ४ मा ती गीतहरू समावेश गरिएको भन्दै टीसीरीजले लेगल नोटिस पठाएको हो। बलिउड हंगामाका अनुसार टीसीरीजले बिना अनुमति ती गीतहरू समावेश गरेको आरोप लगाएको छ।
यस विषयमा फिल्म युनिकटले केही बक्तव्य जारी गरेको छैन। निरज बोरा निर्देशित फिल्ममा संजय दत्तकोसमेत अभिनय रहनेछ।
हेराफेरी ४ मा अन्तर्राष्ट्रिय रूपमा हेराफेरी गराउने कथाबस्तु तयार पारिएको बताइएको छ। निर्देशक प्रियदर्शनले सन् २०० मा हेराफेरी ल्याएका थिए। जसमा राजू, श्याम र बाबुरावको पात्रमा अक्ष्य, सुनिल र परेशले अभिनय गरेका थिए। हेराफेरी २ लाई भने निरज बोराले नै निर्देशन गरेका थिए।
फिल्म सन् २००६ मा सार्वजनिक भएको थियो। त्यसको १७ वर्षपछि तिनै बोराले अर्को सिक्वेल बनाउने घोषणा गरेका हुन्।