होन्डाले छान्यो उत्कृष्ट टेक्निसियन

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : स्याकार ट्रेडिङ कम्पनी सर्भिस डिभिजनले राष्ट्रिय स्तरको प्रतियोगिता गरी उत्कृष्ट टेक्निसियनको छनोट गरेको छ। प्रतियोगितामा प्रथम द्वितीय तथा तृतीय हुने प्रतियोगीले नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रथम पुरस्कार बज्र अटो महाराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटीसी पोखराका झलेन्द्र इटानी र तृतीय पुरस्कार नौदेवी मोटर्स् विराटनगरका विनोद शर्माले प्राप्त गरे।
प्रतियोगितामा तेस्रो हुने मेकानिकले १५ हजार, दोस्रो हुनेले २० हजार र प्रथम हुनेले ३० हजार रुपैयाँ पाए।
होन्डाले डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्नका लागि हरेक वर्ष टेक्निसियन स्किल कन्टेस्ट सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !
