स्ववियु निर्वाचन : महेन्द्र बहुमुखी क्याम्पसमा आधा पनि खसेन मत

स्ववियु निर्वाचन : महेन्द्र बहुमुखी क्याम्पसमा आधा पनि खसेन मत
सुन्नुहोस्

दाङ : दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बुधबार स्ववियु निर्वाचन भएको छ। चैत ५ गते हुनुपर्ने निर्वाचन विद्यार्थीको विवादका कारण तीन दिन ढिला गरी निर्वाचन भएको हो। 

बुधबार सहज ढंगले निर्वाचन भएको निर्वाचन अधिकृत कुलबीर चौधरीले जानकारी दिए। ‘निर्वाचनमा शान्तिपूर्ण ढंगले मतदान भएको छ। हाम्रोमा कुनै पनि किसिमको विवाद आएन,' उनले भने। 

बिहान ८ बजेदेखि सुरु मतदान अपराह्न ४ बजेसम्म चलेको हो। तर निर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ। बुधबार भएको मतदानमा २ हजार १ सय ३२ मतमात्रै खसेको निर्वाचन अधिकृत चौधरीले बताए। 

‘क्याम्पसमा ५ हजार ९ सय ४० मतदाता रहेकोमा २ हजार १ सय ३२ मत मात्रै खसेको हो। कूल मतदाताको करिब ५० प्रतिशत पनि मत खस्न सकेन,' उनले भने। निर्वाचनमा ३५ दशमलव ८९ प्रतिशत मतदाताले मात्रै मताधिकार प्रयोग गरेका छन्। 

लामो समयपछि भएको स्ववियु निर्वाचनमा पनि ६४ प्रतिशत मतदाता अनुपस्थित भए। विद्यार्थीले नेतृत्व छनोट गर्ने अवसर पाउँदा पनि मताधिकार प्रयोग नगरेको निर्वाचन अधिकृत चौधरीले बताए। निर्वाचनका लागि दिनभर क्याम्पसमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। 

यसअघि अखिल क्रान्तिकारी विप्लवले क्याम्पसमा तालाबन्दी गरेपछि चैत ५ मा हुने भनिएको निर्वाचन स्थगित भएको थियो। क्याम्पस प्रशासनले अनाधिकृतरूपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै विप्लवका कार्यकर्ताहरूले तालाबन्दी गरेका थिए। निर्वाचनमा एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र जनमोर्चा निकट अखिल छैटौंले चुनावी तालमेल गरेका छन् भने नेवि संघ, तथा स्वतन्त्र विद्यार्थी पनि चुनावी प्रतिसपर्धामा छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.