भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज

भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज
सुन्नुहोस्

नयाँ दिल्ली : भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै गन्धीको संसद सदस्यता खारेज भएको जानकारी दिएको छ। 

चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी देखिएपछि संसद सचिवालयले उनको पद खारेज गरिदिएको हो।

उनी भारतको लोकसेवा सदस्य रहेका थिए। भारतको संविधानको अनुच्छेद १०२ (१) र जन प्रतिनिधित्व अधिनियम १९५१ बमोजिम उनको पद खारेज गर्ने निर्णय गरेको संसद सचिवालयले जनाएको छ। 

सुरतको अदालतले गान्धीको चार वर्ष पुरानो मुद्दाको सुनुवाई गर्दै दुई वर्ष सजायको फैसला सुनाएको थियो। अदालतले १५ हजार जरिवनासमेत तिराएको थियो। अदालतले उनलाई धरौटीमा रिहा गर्दे आदेश पनि दिएको थियो। 

सन् २०१९ मा उनले किन सबै चोरको थर मोदी हुन्छ भन्दै टिप्पणी गरेका थिए। सोही टिप्पणीका आधारमा उनीमाथि अदालतमा मुद्दा दायर भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.