धनकुटाको जनविश्वास अपसेट प्रेसमा आगलागि

धनकुटाको जनविश्वास अपसेट प्रेसमा आगलागि
सुन्नुहोस्

धनकुटा : धनकुटा सदरमुकामस्थित जनविश्वास अपसेट प्रेसमा आगलागि भएको छ। धनकुटा नगरपालिका-७ हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको प्रेसमा बिहान करिब ६:३० बजेबाट आगलागि भएको हो।

आगलागि भए लगत्तै धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। विद्युत सर्ट भएर आगलागि भएको अनुमान गरिएको छ। बिहान प्रेसमा मान्छे कोही नभएका बेला अचानक आगो लागेको प्रेसका सञ्चालक सञ्जय सन्तोषी राईले बताए। सो प्रेसमा आगलागि हुँदा करिब ५० लाखको क्षति भएको उनले बताए।

आगो नियन्त्रण भएपछि प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ। आगोले प्रेसको मेसिनसहित अधिकांश सामान जलेका छन्। सोही प्रेसबाट छापाखानाका कामसँगै जनविश्वास साप्ताहिक र धनकुटा जिल्लाबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिका मुद्रण हुँदै आइरहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.