कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन, प्रहरीद्वारा हवाइ फायर

कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन, प्रहरीद्वारा हवाइ फायर
तस्बिर : दिपेन श्रेष्ठ।
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले विराटनगरमा  प्रदर्शन गरेका छन्। ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका हुन्। 

 

null

 

प्रदर्शनमा उनीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन्। विराटनगरस्थित पाञ्चालीमा अहिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रदर्शन भइरहेको छ। प्रहरीविरुद्ध ढुङ्गामुढा हुन थालेपछि १२ राउण्ड हवाईफायर भएको छ। प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ। 

null

उनीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, लाजेहाङ अमर रहुन्, मुख्यमन्त्री हिक्मत कार्की मुर्दावाद, इन्द्रबहादुर आङबो औंला काट र पहिचानवादी एक हौं लगायतका नारा घन्काइरहेका छन्।

प्रदर्शनस्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।  

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.