कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ। 

मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो। 

मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुने जस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ। 

भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढेको छ। आज एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ । 

हिजो एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको थियो। यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो। अहिले सक्रिय संक्रमितको सङ्ख्या ७८ पुगेको छ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.