स्तरोन्नति हुँदै भरतपुर विमानस्थल

स्तरोन्नति हुँदै भरतपुर विमानस्थल
सुन्नुहोस्

चितवन : उडान सुरु गरेको ६२ वर्षपछि भरतपुर विमानस्थलको स्तरोन्नति थालिएको छ। अत्याधुनिक ट्रमिनल भवन र विमानस्थलको विस्तार गर्न लागिएको हो। 

साँघुरो भएकै कारण ठुला जहाज अवतरण गर्न नमिल्ने भरतपुरको विमानस्थललाई अत्यधुनिक बनाउन लागिएको हो। 

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले अत्यधुनिक ट्रमिनल भवनको शिलान्यास गरेका छन्। पछि बढ्न सक्ने यात्रुको चापलाई मध्यनजर गरेर एक हजार यात्रुले सहज रूपमा उपयोग गर्न सक्ने गरी ट्रमिनल भवन बनाउन लागिएको हो। 

१४ कट्ठा क्षेत्रफलमा आठ हजार वर्गमिटरमा दुई तले भवन बनाउन बनाउन लागिएको हो। त्यसमा आठ तले कन्ट्रोल टावर, पार्किङसहित भ्याटसहित कुल १ अर्ब ९२ करोडको लगानीमा बन्न लागेको हो। एसी क्षमादेवि प्रतिष्ठादेवीसँग तीन वर्षमा निर्माण पूरा गर्ने ठेक्का सम्झौता भएको छ। 

यसमा व्यवसायी क्षेत्रको समेत व्यवस्था हुने छ। दैनिक १० घण्टा चल्ने विमानस्थललाई रात्रिकालीन उडान सञ्चालन योग्य बनाउन लागिएको नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए। 

५८ विगाहामा भरतपुर विमानस्थललाई थप विस्तार गर्न लागिएको छ। १२ सय मिटर धावन मार्गलाई १५ सय मिटर पुर्‍याउन लागिएको हो। त्यसका लागि १९ विगाहा जमिन आवश्यक पर्छ। त्यसैले उत्तरतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई भरतपुर ११ स्थित गणेस्थान मन्दिर नजिक सार्न लागिएको छ। 

त्यस्तै काली बहादुर गणलाई नारायणघाटको दियालो बंगला सार्न लागिएको छ। स्थानान्तरण  गरेपछि धावन मार्गको विस्तार थालिने छ। नीतिगत सहमति गरेर मन्त्रिपरिषदबाट निर्णय गराउन लागिएको छ। 

भरतपुर विमानस्थलको रनवेको एक हजार दुई सय मिटर रहेको छ। अहिलेको अवस्थामा ७२ सिटे विमान आउन सक्दैनन्। विमानस्थल वरपरका मापदण्ड विपरीतका संरचनाका कारण ९ सय मिटरमात्रै प्रयोग हुन्छ। ४८ सिट क्षमताका विमानले पनि ४२ जना यात्रु मात्रै बोक्छन्। 

विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् केन्द्रलाइृ स्थानन्तरण गर्न लागिएको हो। ७२ सिटे जहाज पनि अवतरण गर्न सक्ने गरी रात्रिकालीन उडान भर्ने गरी स्तरोन्नति गर्न भरतपुर महानगरपालिकाले सहजीकरण गरेको महानगर प्रमुख रेनु दाहालले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.