धरान उपमहानगरपालिकामा कालो झण्डा गाडेर तालाबन्दी

धरान उपमहानगरपालिकामा कालो झण्डा गाडेर तालाबन्दी
सुन्नुहोस्

सुनसरी : कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधर आन्दोलनकारीहरूले  धरान उपमहानगरपालिकामा कालो झण्डा गाडेर तालाबन्दी गरेका छन्। 

बिहीबार नारा जुलुससहित आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन्। 

धरान उपमहानगरपालिका सहित धरानको वडा नम्बर ५, १२, १५, १६ लगायतको वडा कार्यालयमा तालाबन्दी गरेका छन्। सयौंको संख्यामा रहेका आन्दोलनकारीहरूले प्रहरीकै अगाडि कार्यालयमा तालाबन्दी गरेका थिए। 

सुनसरी प्रशासनले सुरक्षा व्यवस्था मजबुत नबनाएका कारण आन्दोलनकारीहरूले उपमहानगरपालिका र वडा कार्यालयमा तालाबन्दी गर्न सफल भएका हुन्। 

प्रहरीले केही वडा कार्यालयको तालाबन्दी खोलेको भए पनि पुनः तालाबन्दी गरेका कारण वडा कार्यालयको काम सञ्चालन गर्न नसकिएको वडा नम्बर ५ का वडाध्यक्ष मनप्रसाद्र लिम्बुले बताए। 

नाम खारेजीको माग राखेर आन्दोलन गर्ने क्रममा प्रहरीसँगको झडपमा विराटनगरमा लिम्बुवान भोलन्टियर्स (एलभी) कमाण्डर पदम लिम्बु लाजेहाङको मृत्यु भएपश्चात पहिचान पक्षधरहरूले आन्दोलनलाई सशक्त पारेका छन्। 

बन्द, हड्ताल, कोसी प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दै आएका उनीहरूले प्रदेश भरी सरकारी कार्यालय सञ्चालन गर्न नदिने चेतावनी दिँदा समेत सरकारले उनीहरूलाई वार्ताको टेबलमा राख्न सकेको छैन। 

सरकारले आन्दोलनकारीलाई वार्तामा नबोलाएका कारण आन्दोलनकारीहरूले सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा लगायतका जिल्लामा आन्दोलन चर्काएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.