चर्च ब्वाईजले उपाधीका लागि हिमालयन शेर्पासँग भिड्ने

चर्च ब्वाईजले उपाधीका लागि हिमालयन शेर्पासँग भिड्ने
सुन्नुहोस्

चर्च ब्वाईजले उपाधीका लागि शनिवार हिमालयन शेर्पासंग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनल खेलमा मकवानपुर ११ लाई ३–० ले पराजित गर्दै शेर्पा फाइनलमा प्रवेश गरिसकेको छ।

सिमराः नवप्रवेशी टिम चर्च ब्वाईज जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा बिहिवार भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता एनआरटीलाई २–० ले पराजित गर्दै चर्च ब्वाईज उपाधी नजिक पुगेको हो। 

चर्च ब्वाईजले उपाधीका लागि शनिवार हिमालयन शेर्पासंग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनल खेलमा मकवानपुर ११ लाई ३–० ले पराजित गर्दै शेर्पा फाइनलमा प्रवेश गरिसकेको छ। 

पहिलो सहभागितामै जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गर्ने क्रममा चर्च ब्वाईजका लागि ओउसो बिम्पा र रंजीत पाण्डेले गोल गरे। चर्च ब्वाईजले खेलको १७औं मिनेटमा पाएको पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता लिएको थियो।

एनआरटीका कप्तान बिक्रम धिमालले चर्च ब्वाईजका रंजीत पाण्डेलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा ओउसो बिम्पाले गोल गरेका थिए। चर्च ब्वाईजले दोस्रो गोल खेलको ५२औं मिनेटमा गरेको थियो। 

डिफेण्डर अजय चौधरीको ब्याक पासलाई गोलरक्षक पुजन होनाले क्लियर गर्न नसक्दा चर्च ब्वाईजका रंजीत पाण्डले टिमको अग्रता दोब्बर पार्न सफल भए। पुजनको गल्तीको फाईदा उठाउदै रंजीतले खाली पोष्टमा गोल गरेका थिए। 

चर्च ब्वाईजे अग्रता दोब्बर पारेपछि १२औं संस्करणको विजेता एनआरटी दवावमा देखियो। एनआरटीले केही राम्रा अवसर गुमाउन पुग्दा प्रतियोगिताबाट बाहिरियो। खेलको म्यान अफ दि म्याच चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए। उनले ज्योति विकास बैंकद्धारा प्रायोजित म्यान अफ दि म्याच बापत १० हजार नगद प्राप्त गरे। 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष र ज्योती विकास बैंका शाखा प्रवन्धक भरत आचार्यलयले म्यान अफ दि म्याचको पुरस्कार वितरण गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.