एसइई परीक्षा

धनुषामा अंग्रेजी विषयको प्रश्नपत्रको सट्टा नेपालीको पुगेपछि एक घन्टा ढिलो परीक्षा सुरू

एसईई परीक्षा

धनुषामा अंग्रेजी विषयको प्रश्नपत्रको सट्टा नेपालीको पुगेपछि एक घन्टा ढिलो परीक्षा सुरू
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनुषा : आजबाट सुरू भएको एसईई परीक्षाअन्तर्गत धनुषाको एक परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पठाइएको पाइएको छ । धनुषाको औरही गाउँपालिकास्थित मावि चक्कर परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि उक्त केन्द्रमा झण्डै एक घण्टा ढिलो परीक्षा सुरू भएको हो ।

अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि उक्त परीक्षा केन्द्र ढिलो गरी परीक्षा सुरु भएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए । 

उनका अनुसार बिहान ८ बजे सुरु हुने परीक्षाको प्रश्नपत्र पठाउन प्राविधिक गडबडी भएपछि मुचुल्का गरेर सो केन्द्रमा ८ बजेर ५० मिनेटमा परीक्षा सुररू भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.