सिजनकै पहिलो उपाधिको खोजीमा चर्च ब्वाईज र शेर्पा

सिजनकै पहिलो उपाधिको खोजीमा चर्च ब्वाईज र शेर्पा
जीतपुरसिमरा गोल्डकपको ट्रफिसहित चर्च ब्वाईज र शेर्पाका कप्तान तथा प्रशिक्षक। तस्बिर : दिवाकर भण्डारी
सुन्नुहोस्

सिमराः जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन्। सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुवै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा हुनेछन्। 

जारी सिजनमा दुबै टिम उपाधिविहीन अवस्थामा छन्। मोफसलका प्रतियोगितामा दुबै टिमको यो दोस्रो फाइनल हो। चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप र शेर्पाले मकवानपुर गोल्डकपको फाइनल खेलेका थिए। तर दुवै टिम उपविजेता रहन पुगे। 

मोफसलका अन्य प्रतियोगितामा सहभागी हुँदै सिमरा आएका दुबै टिम उपाधि विहीनताको अवस्थाको अन्त्य गर्न चाहन्छन्। दुवै टिमका लागि यो उपाधि निकै महत्वपूर्ण छ। यो प्रतियोगिता सम्पन्न भए लगत्तै ए डिभिजन लिगको छैठौं चरणका खेल सोमबारदेखि सुरु हुँदैछन्। 

काठमाडौं पुगेर लिगको यात्रा थालनी गर्न जीतपुरसिमराको उपाधिले उर्जा थप्ने टिमका कप्तान तथा प्रशिक्षक बताउछन्। लिगमा अपराजित रहेको चर्च ब्वाईजका प्रशिक्षक प्रदीप हुमागाईं पहिलो सहभागितामै उपाधि उचालेर जीतपुरसिमरामा इतिहास रच्न र मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधि जितेर लिगको सुरुवात गर्न चाहन्छन्। 

‘यो उपाधि हाम्रो लागि निकै महत्वपूर्ण छ। हामीसँग राम्रो टिम छ तर उपाधि जित्न सकेका छैनौं' अनुभवी प्रशिक्षक हुमागाईंले भने ‘टिममा उर्जा र दर्शकमा उत्साह थप्न यो उपाधि जित्नै पर्नेछ। हामीले जित्ने गरी खेल्नेछौं।'

बि डिभिजनबाट बढुवा भएपछि घरेलु फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको चर्च ब्वाईजले एपीएफ र एनआरटीलाई पराजित गर्दै गोल्डकपको फाइनलको यात्रा तय गरेको हो। नवप्रवेशी टिम चर्च ब्वाईजले इतिहास रच्न शेर्पाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। 

दोस्रो संस्करणको विजेता र चौथो संस्करणको उपविजेता शेर्पा गोल्डकपका लागि परिचित टिम हो। लामो समयदेखि निरन्तर सहभागिता जनाउँदै आएपनि उसले पछिल्लो १० वर्षदेखि भने जीतपुरसिमरामा सुखद् नतिजा हात पार्न सकेको छैन।

फाइनलको यात्रा तय गर्न १० वर्ष प्रतिक्षा गरेको शेर्पा दोस्रो पटक उपाधि उचाल्ने अवसर खेर फाल्न चाहदैन। लिगको तेस्रो स्थानमा रहेको चर्च ब्वाईजलाई पराजित गर्दै दशौं स्थानमा रहेको शेर्पा मनोबल उच्च पार्न चाहन्छ। शेर्पाका टिम मेनेजर बिजेन पुडासैनी जीतपुरसिमराको उपाधि जितेर लिगको सुरुवात गर्न आफूहरू आतुर रहेको बताए। 

यो उपाधि जितेसँगै आफूहरूले लिगमा पुनरागमन गर्ने उनको भनाइ थियो। ‘राम्रो फुटबल खेल्नका लागि ट्रफी निकै महत्वपूर्ण छ। त्यसैले उपाधि उचाल्ने अवसर हामी गुमाउन चाहदैनौं ' पुडासैनीले भने ‘यो उपाधि सम्पूर्ण टिम र समर्थकका लागि आवश्यक छ।'

पुडासैनीले चर्च ब्वाईज उत्कृष्ट फुटबल प्रदर्शन गरिरहेको टिम भएकाले फाइनल भिडन्त हेर्न लायक हुने बताउँछन्। लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लब पराजित गर्दै जीतपुरसिमरा गोल्डकपको यात्रा सुरुवात गरेको शेर्पाले सेमिफाइनल खेलमा साविक विजेता एनआरटीलाई पराजित गरेको थियो। 

दुई बलियो टोलीविरुद्धको जित पनि फाइनल जित्ने आधार रहेको पुडासैनीको भनाइ छ। यता ए डिभिजन लिगमा अपराजित रहेको चर्च ब्वाईज उच्च मनोबलका साथ मैदानमा उत्रने र पहिलो पटककै सहभागितामा उपाधि उचालेर विजेताको सूचिमा नाम लेखाउन चाहन्छ। उपाधि जित्नका लागि चर्च ब्वाईजले उत्कृष्ट फुटबल खेल्ने र फाइनल भिडन्तमा दर्शकको मन जित्ने गरी प्रदर्शन गर्ने बताए। 

चर्च ब्वाईजका कप्तान मिलन राई काठमाडौंबाट तराई आएर फुटबल खेल्न सहज नभए पनि टिमले उत्कृष्ट प्रदर्शन गरिहरेको बताउँछन्। उनले आफूहरू उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए। 

यता लामो सयमको इन्जुरीपछि जीतपुरसिमरा गोल्डकपबाट मैदानमा फर्किएका शेर्पाका कप्तान बिश्वास श्रेष्ठ उत्साहित छन्। आफ्नो लागि र टिमको लागि उपाधि निकै महत्वपूर्ण रहेको बताउँदै विश्वासले फाइनल भिडन्तका लागि आफूहरू पूर्ण रुपमा तयार रहेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.