बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु
सुन्नुहोस्

बझाङ : बझाङको सदरमुकाम चैनपुर नजिक बसले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ। बसको ठक्करबाट मृत्यु हुनेमा सुर्मा गाउँपालिका-३ का धनबहादुर बोहराको छोरा सरगम बोहरा रहेका छन्। 

सदरमुकाम प्रवेश गर्ने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुपप्र ०२-००१ ख १११९ नम्बरको बसले शनिबार दिउँसो २ बजेतिर ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बसचालक बैतडीको पुर्चौडी नगरपालिका-५, का गणेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि घटनास्थल चौड बजार क्षेत्र तनावग्रस्त बनेको छ।

पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित सडक अवरुद्ध गरिरहेका छन्। बालकको मृत्युपछि पीडित परिवार र स्थानीयहरूले प्रदर्शन गर्दा घटनास्थल चौड बजार तनावग्रस्त बनेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.