हिमपहिरोमा ७ को मृत्यु

हिमपहिरोमा ७ को मृत्यु
सुन्नुहोस्

झापा : भारतको पूर्वी सिक्किमको छोम्गोमा भीषण हिमपहिरोमा परी कम्तीमा ७ जना पर्यटकको ज्यान गएको छ। मृतकहरूको सनाखत हुन बाँकी रहेको सिक्किम प्रहरीले जनाएको छ। जसमा चार पुरुष, एक महिला र एक शिशु छन्। 

घुम्न गएका कयौं पर्यटकहरू हिमपहिरोमा फसेका छन्। उनीहरूको उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। मंगलबार बिहान ११ बजेर १० मिनेटमा १७औं माइल नजिकैको गान्तोक नातुला जेएनएम रोडमा हिमपहिरो खसेको थियो। छोम्गो ताल नजिकै हिमपहिरो खस्दा नाटुला जाने क्रममा २० देखि ३० पर्यटकसहित आधा दर्जन सवारीसाधन हिउँमुनि पुरिएको आशंका गरिएको छ। 

उद्धार कार्यमा त्रिशक्ति कोप्र्स, भारतीय सेना र बीआरओ परियोजना स्वस्तिकको टोली खटाइएको छ। हिमपहिरोबाट ६ स्थानीयसहित २३ पर्यटकको उद्धार गरी भारतीय सेनाको नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि ल्याइएको छ। साथै सडकबाट हिउँ हटाएर त्यहाँ अलपत्र परेका ३५० पर्यटक र ८० सवारीसाधनको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.