कसले काट्यो सौराहमा हात्तीको सूँड ?
चितवनः सौराहमा अज्ञात समूहले हात्तीको सूडँ काटिदिएको छ । मंगलबार राति साँढे ११ बजे अज्ञात समूहले हात्तीको सूँड काटिदिएको अवस्थामा भेटिएको हो ।
सौराहका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाले ४५ वर्षीय चञ्चकली नामको हात्तीको सूँड काटिएको बताए । खतिवडाले अन्नपूर्णसँग भने,‘राति हाती करायो । ६ इन्च सूँड काटिएको छ । हातीले खाना खान सकेको छैन । ’ हात्तीको सूँड काट्नेको खोजी र घटनाको थप अनुसन्धान भइरहेको चितन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए । हात्तीको अवस्था भने सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
४