केन्द्रीय कारागार अस्पतालसँग सहकार्य गर्न विश्व स्वास्थ्य संगठन इच्छुक

केन्द्रीय कारागार अस्पतालसँग सहकार्य गर्न विश्व स्वास्थ्य संगठन इच्छुक
सुन्नुहोस्

काठमाडौं : केन्द्रीय कारागार अस्पतालसँग सहकार्य गर्न विश्व स्वास्थ्य संगठन इच्छुक देखिएको छ। 

  
संगठनका नेपाल प्रमुख डा.राजेश सम्वाजी राव पान्डवले कैदीबन्दीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको र केन्द्रीय कारागार अस्पतालसँग विशेषतः स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम गर्न इच्छुक रहेको बताएका हुन्।

उनले कर्मचारीहरूका लागि तालिम स्वास्थ्य सेवा विभाग तथा राष्ट्रिय तालिम केन्द्रबाट सञ्चालन गरिने तालिमहरूमा सहजीकरण गर्न सकिने, मानसिक रोग तथा अन्य रोगका अनुसन्धानात्मक कार्यक्रमहरू लगायत स्वास्थ्य प्रवर्द्धन जस्ता कार्यक्रमहरूमा सहकार्य गर्न सकिने भएकाले अस्पतालले प्रयास गर्न सुझाव दिए। 

संगठन नेपालकी डा.लोनिम प्रसाई दिक्षितले अस्पतालमा भइरहेको कैदीबन्दीहरूको स्वास्थ्य उपचारका बारेमा विशेष जानकारी लिँदै नसर्ने रोग, प्रकोप व्यवस्थापन योजनाका लागि प्राविधिक सहयोग र सहजीकरणका लागि पहल गर्ने जानकारी गराए।

अस्पतालका निर्देशक डा. प्रकाश बुढाथोकीले राष्ट्रको जिम्मेवारीमा रहेका ७२ जिल्लाका ७४ कारागारमा रहेका देशभरका करिब ३१ हजार कैदीबन्दीको उपचारमा भन्दा रोगको रोकथाममा लगानी गर्न सके देशको धेरै पैसा र बिरामीको जटिल अवस्था र मृत्यु रोक्न सकिने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.