सरकारले एक दिन, एक परिणाम आउनेगरी काम गर्नुपर्छ : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कट समाधान गरी जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले सरकारले जनताप्रति बफादार भएर काम गर्नुपर्ने बताए।
महामन्त्री एवं सांसद थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने जिकिर गरे। उनले अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गरे।
साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उनले एक दिन,एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिए ।
उनले भने,'सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्छ। एक दिन,एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्छ।'
साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उनले एक दिन,एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिए । साझा कार्यक्रममा छुटेका कार्यक्रम थप्न सुझाव दिँदै उनले सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा पनि कतिपय अवस्थामा काम प्रभावकारी नहुने भएकाले यसमा प्रभावकारी काम गर्न आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !