एक लाख २५ हजारको आँखाको शल्यक्रिया

एक लाख २५ हजारको आँखाको शल्यक्रिया

काठमाडौं : नेपाल आँखा अस्पतालले हालसम्म एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको जनाएको छ।

अस्पताल स्थापनाको स्वर्ण महोत्सव शुभारम्भको अवसरमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको र एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरिएको जनाएको हो। 

अस्पतालबाट १४ जना नेत्र विशेषज्ञलगायत १२९ जना कर्मचारीबाट आँखा सेवाको विशिष्टकृत सेवा प्रदान गर्दै आएको अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले जानकारी दिए। चालू आर्थिक वर्षको ८ महिनामा ९४ हजार ३ सय ४६ जनालाई सेवा प्रदान गरिएको र ५ हजार १३ जनाको शल्यक्रिया भइसकेको उनले बताए। 

उनले अस्पतालको चारवटा शाखाबाट पनि सेवा प्रवाह भइरहेको जानकारी दिए। हालः अस्पतालबाट दैनिक चार सयदेखि सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेको उनले बताए। 

डाक्टर पोखरेलले देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँगको सहकार्य जरुरी भएको बताए। अस्पतालको विसं २०३० चैत २६ मा स्थापना भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.