टीभीमा आलाकार्ट प्रणाली लागू

टीभीमा आलाकार्ट प्रणाली लागू
सांकेतिक तस्बिर।
सुन्नुहोस्

आलाकार्ट लागू भएसँगै अब उपभोक्ताले सिग्नल वितरकलाई तिर्ने शुल्कमा एकरूपता आउनुका साथै शुल्क वैज्ञानिक र पारदर्शी हुने जनाइएको छ।

काठमाडौं : टेलिभिजन च्यानलको वितरणमा आलाकार्ट प्रणाली लागू भएको छ। नेपालमा टेलिभिजन च्यानलको सिग्नल वितरण गर्ने इजाजतप्राप्त संस्थाले उपभोक्ताबाट लिन पाउने शुल्कलाई व्यवस्थित, पारदर्शी र वैज्ञानिक बनाउन आलाकार्ट लागू गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। 

अब टेलिभिजनका दर्शकले सीमित शुल्कमा टीभी हेर्न पाउने छन्। आफ्नो रोजाइका च्यानल मात्रै खरिद गर्न सकिने छ। २ सय ५० रुपैयाँ र अधिकतम ५ सय रुपैयाँ शुल्क तिरेर टीभी हेर्न पाइने छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले तत्काल लागू हुने गरी चैत १५ आलाकार्ट लागू गर्ने निर्णय गरेको थियो।  मन्त्रालयले न्यूनतम शुल्क अन्तरगत प्रशारण संस्थाले नेपाली टेलिभिजन च्यानल तथा विदेशी फ्रि टु एयर च्यानल देखाउनुपर्ने मन्त्रालयले निर्णय गरेको छ।  

सूचनामूलक, समाचारमूलक शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुद आदि विषयवस्तु समावेश हुनुपर्छ। सशुल्क च्यानल प्रशारण गरेबापत अलगअलग रुपमा वा च्यानलको प्याकेजका आधारमा व्यवसायीले उपभोक्ताबाट शुल्क लिन पाउँछन्। प्याकेजको अधिकतम मूल्य रु ४० (करसमेत) भन्दा बढी हुनु नहुने जनाइएको छ। सशुल्क टेलिभिजन च्यानल रोज्ने वा नरोज्ने उपभोक्ताले निर्णय गर्ने छन्।

नेपालमा डीटीएच, केवल, आईपीटीभी, एमएमडीएस, डीटीटीभीलगायतका विभिन्न वितरण प्रणालीमार्फत नेपाली सिग्नल वितरक (प्रसारक)ले स्वदेशी टेलिभिजन र स–शुल्क विदेशी टेलिभिजन च्यानल वितरण गर्दै आएका छन्। आलाकार्ट लागू भएसँगै अब उपभोक्ताले सिग्नल वितरकलाई तिर्ने 
शुल्कमा एकरूपता आउनुका साथै शुल्क वैज्ञानिक र पारदर्शी हुने जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.