रमजानमा रोजाको रौनक

रमजानमा रोजाको रौनक
रोजापछि बेलुका इफतारी गरिंदै। तस्बिर : जितेन्द्रनारायण ठाकुर।
सुन्नुहोस्

विराटनगर : इस्लामी पात्रो हिजरी सम्वतको नवौं  रमजानुल मुबारक महिनाको रौनक छाएको छ। मुसलमानहरुको महान् धामिर्कग्रन्थ कुरान अवतरण भएको यो महिनालाई रोजा लिने महिनाको रुपमा लिने गरिन्छ। 

इन्सान (मानव) लाई हरेक पाप  ( गुनाह) बाट बचाउन र दिलमा अरुलाई सहयोग गर्ने भावार्थको भावना जागृत गराउने भएकाले यो महिना मुस्लिम समुदायले विशिष्ट रुपमा लिने गरेको छ।  एक महिनासम्म चल्ले मुस्लिम समुदायहरुले मनाउने रमजान यसपटक  चैत्र १० गतेदेखि सुरु भएको हो। 

रमजानमा मुस्लिम धर्मालम्वीहरु रोजा (उपवास) बस्ने गर्दछन्।  सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा (सेहरी) खाइ सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्ने प्रावधान रहको विराटनगरका हाजी जफर अहमद जमाली बताउँछन्। उनका अनुसार रोजाको समयमा मुसलमानहरु निराहार बस्ने प्रचलन रहेको छ। 

nullरोजा लिनेहरुले आफ्नो पाँचो इन्द्रीयलाई नियन्त्रणमा राखी दिनभरि निराधार बसेर गरिने रोजाको धेरै नै महत्व रहेको मुस्लिम धार्मिक गुरुहरु बताउँछन्। यसले हरेक व्यक्तिहरुबीच अपनत्व, ममता र प्यार बढाउने पाठ सिकाइने गरेको अञ्जुमन इस्लामिया, जामे महस्जित विराटनगर ९ स्थित बुद्धहाट चोकको सचिव तनबिर कुरेसीले बताए।

उनका अनुसार रोजाजस्तो कठिन ब्रत गर्ने मुस्लिम व्रतालुहरु रमजानको महिनालाई पुण्य कमाउने  पवित्र महिनाका रुपमा आत्मसाथ गरेको पाइएको छ।   

रमजान महिनाको रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य (फ्रिक) गरिएको हुन्छ। रोजामा बिहानको ३:३० बजेदेखि बेलुका ६:५७ सम्म निराधार बस्ने गरेको हुन्छ। रोजा बेलुका ७ बजे (इफतारी) तोडिन्छ। रोजामा खानपिन, जेमा (सम्भोग) गर्न वञ्चित गरिएको हुन्छ।  ३० दिनको यो रमजान महिनालाई अल्लाहले तीन भागमा बाडिएको बताइएको छ। 

पहिलो १० दिनको अवधिलाई रहमत (अल्लाहबाट बकसीस) इनाम,   दोस्रो  १० दिनको अवधिलाई  पापबाट छुट्कारा पाउन (मगफेरत) र अन्तिम १० दिनको अवधिलाई मृत्युपश्चात स्वर्ग, जननत (जहनम से आजादी) पाउने श्रद्धाले मुस्लमानहरुले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गरेको  साहेव अहमद गुड्डुले बताए।

रमजानको रोजाले गरीबको दर्ज दिलमा पैदा गरिन्छ, किनकि बिहानदेखि बेलुकासम्म निराधार  बसेपछि गरिबहरुले सधैं आर्थिक संकटका कारण भोखभोखै बसे कस्तो अवस्था हुन्छ भन्ने महसुस हुने गरेको, एक महिना मुस्लिम समुदायको लागि लगन, विश्वास र भरौसा (कसरथ) ले अल्लाहका समर्पण गर्न, मुस्लिमको मगफिरथ (धर्म गर्ने महिना) र जहनम (नर्क) बाट बच्ने महिनाको रुपमा मनाउने गरेको मुस्लिम धर्मगरु बताउँछन्। 

मुस्लिम समुदयलाई एक महिना गलत काम नगरी महसुस गरी, दुःखीहरु कसरी जिउने गरेको अभ्यास गराउने रुपमा समेत व्याख्यासमेत गर्ने गरिएको बताइएको छ। कतिपयले त एक वर्षसम्म इस्लाम दर्शन अनुसार जीवनयापन गर्नेको अध्यायको रुपमा बताउँछन्।  रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै राति बेलुका ९ बजेदेखि दैनिक धर्मगरुबाट  थप तरावीको नमाज सुन्ने प्रचलन रहेको बताइएको छ। 

तरावी धर्मगुरुहरुले कष्ठ गरी सुनाउनुपर्ने प्रावधान गरिएको बताइएको छ।  रमजान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका बताइन्छ।

यसमा प्रत्येक मुस्लमानहरले जनही एक किलो ७ सय ५० ग्राम गहुँको मूल्य फित्तरा निकाल्नुपर्छ भने साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी हैसियत भएका मुसलमानले आपनो सम्पतिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय र दीनदुःखीलाई बाड्नुपर्ने बताइन्छ। 

फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दाअगावै निकाली सक्नुपर्छ। फित्तरा र जकातको अर्को अर्थमा गरिब मुस्लमानले पनि धनीजस्तै समानरुपमा रमजान मनाउने व्यवस्था गरिएको बताइएको छ। ‘अल्लाहका लागि त्याग, समर्पण  र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्छ। रोजाको वैज्ञानिक मान्यता रहेको छ। 

रोजाको अवधिमा शारीरिक रुपमा  दुब्लाए पनि मानसिक रुपमा निकै गौरवान्वित ठान्ने मुसलमानले इस्लाम धर्मका पाँच आधारभूत शर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै शर्तहरु पूरा गर्ने अवसर प्राप्त गर्ने प्रचलन रहेको मुस्लिम धर्मका अनुयायीहरु बताउँछन्। अनुयायीका अनुसार तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेर्ने प्रचलन रहेको रहरेको छ। 

भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाउछँन्। त्यसपछि उनीहरुले एकले अर्कोलाई अगालो मारेर इद मुवारक एवम् बधाई साटासाट गरी घरमा गएर मीठो–मीठो खानेकुरा खाने गर्छन्। तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा मुस्लिमहरुले आफन्त तथा साथीलाई बोलाएर भोजको आयोजना गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.