शक्तिशाली ठेकेदार, भद्रगोल सडक

शक्तिशाली ठेकेदार, भद्रगोल सडक
फाइल तस्बिर।

ठेकेदार शारदाप्रसाद अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी भनेर चिनिन्छन्। उनले राजधानीमै एउटा गज्जबको भद्रगोल काम गरेका छन्, भक्तपुर–नगरकोट सडक निर्माण।

भक्तपुर : ठेकेदार शारदाप्रसाद अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी भनेर चिनिन्छन्। उनले राजधानीमै एउटा गज्जबको भद्रगोल काम गरेका छन्, भक्तपुर–नगरकोट सडक निर्माण।

जति काम गरे पनि त्यो सम्पन्न हुँदैन। नगरकोट यात्रामा सडकका किनारमा माटोका ढिस्का सधैं देखिन्छन्। कालोपत्रे गरेको बाटोमा पनि ‘बम्पिङ’ सामान्य मानिन्छ। कतै कालोपत्र उप्केको छ। कतै सोइल फिलिङ कमजोर भएर गाडीका चक्का भासिएको देख्न सकिन्छ। वर्षाका बेला सडकमै खोल्सो बग्छ।

२०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ जेठ २२ गते यो सडकको पहिलो ठेक्का सम्झौता अधिकारीको शैलुङ कन्स्ट्रक्सनसँग भएको थियो। तर, जम्मा साढे १५ किलोमिटर सडक आठपटक म्याद थप गर्दा पनि सम्पन्न भएको छैन।

सडक विस्तारको काम सुरु भएको नौ वर्ष बित्दा चार–पाँच वर्षअघि गरेको कालोपत्रसमेत भत्किएको छ। ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धूलाम्मे र खल्डैखाल्डो छ। २७ करोड रूपैयाँमा ठेक्का सम्झौता भए पनि ३१ करोड पुर्‍याइएको यो सडकको डिजाइन परिवर्तन भएको थियो।

निर्माण कम्पनीले भने बीचबीचमा रूख कटान, विद्युत् पोल सार्न समस्या आएको र भूकम्पका कारण केही ढिलाइ भएको दाबी गरेको छ। काम नगरेको भन्दै डेढ वर्षअघि स्थानीयवासीले शैलुङका सञ्चालक अधिकारीको तस्बिर प्रदर्शन गरेर विरोध गरेका थिए। गाडीका पछाडि ‘कमलविनायक नगरकोट सडकको ठेकेदार, कालोपत्र छिटो गर’ लेखेको व्यानर टाँसिएको थियो। यो सडकखण्ड निर्माणमा अधिकारीको कम्पनीले गरेको ढिलाइले स्थानीयवासीलाई मात्र होइन, त्यहाँ आउने पर्यटकलाई समेत सास्ती परेको छ।

यो सडक सो क्षेत्रका उम्मेदवारलाई सधैं चुनावी एजेन्डा बन्ने गरेको छ। यहाँ ०७६ देखि नै विभिन्न स्वरूपका आन्दोलन भइरहेका छन्। यसका लागि स्थानीय जनप्रतिनिधि, सांसद सबैले आफ्नो ठाउँबाट सक्दो गरे, धर्नाका कार्यक्रम पनि आयोजना भए। बाटो निर्माणका लागि प्रधानमन्त्री निवाससम्म स्थानीय र जनप्रतिनिधि धाउने गरेको भएपनि काम सक्ने तदारुकता कदापी देखिएन। समयमा काम नसकेको र लापरबाही गरेको भन्दै भर्खरै सरकारले यो सडकको ठेक्का सम्झौता रद्द गरेको छ।

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.