मधेसका एजेण्डा र राजनीतिक स्थायित्वका लागि उपेन्द्रजीले जित्नुपर्छ : नेता सोनल

मधेसका एजेण्डा र राजनीतिक स्थायित्वका लागि उपेन्द्रजीले जित्नुपर्छ : नेता सोनल
लोसपाका मधेस प्रदेश अध्यक्ष एंव पूवमन्त्री जितेन्द्र सोनल।
सुन्नुहोस्

बारा २ मा यादवलाई जिताउन आफ्नो पार्टीबाट सर्कुरल नै जारी भइसकेको भन्दै सोनलले बारा २ को उपनिर्वाचनको परिणाम गठबन्धनका साझा उम्मेदवार यादवको पक्षमै आउने दाबी पनि गरे।

वीरगन्ज : लोसपाका नेता जितेन्द्र सोनलले बारा २ को विकास, मधेसको एजेण्डालाई स्थापित गर्न र राजनीतिक स्थायित्व दिन उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले जिताएर संसदमा पठाउनु पर्ने बताएका छन्। 

बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारसमेत रहेका यादवलाई जिताउन लोसपाका तर्फबाट केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएका पूर्वमन्त्रीसमेत रहेका सोनलले राष्ट्रिय राजनीतिमा पहिचान बनाउन सफल जसपा अध्यक्ष यादवले जिते बारा २ को विकास र समृद्धि निश्चित रहेको बताए। यससँगै मधेसको एजेण्डा स्थापित हुने र मुलुकको राजनीतिले स्थायित्व पनि पाउने सोनलको तर्क छ। 

बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै सोनलले भने, ‘यदि बारा २ मा विकास र समृद्धि चाहने हो भने त्यसका लागि श्रोतसाधन चाहिन्छ , श्रोत र साधन सरकारसँग छ। सरकारमा पाँच दलीय गठबन्धन छ। त्यसका कारण पनि गठबन्धनका साझा उम्मेदवार उपेन्द्र जीलाई जिताउनु नै पर्छ।' 

बारा २ मा यादवलाई जिताउन आफ्नो पार्टीबाट सर्कुरल नै जारी भइसकेको भन्दै सोनलले बारा २ को उपनिर्वाचनको परिणाम गठबन्धनका साझा उम्मेदवार यादवको पक्षमै आउने दाबी पनि गरे। 

बारा २ का लागि उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने विपक्षीको आरोपको खण्डन गर्दै सोनलले भने, ‘उपेन्द्र यादव यही देशका नागरिक हुन्। मधेसी नै हुन् त्यसका कारण बाहिरियाको नारा चलाउनेहरुले कुतर्क गरिरहेका छन् र यो कुरा बाराका जनताले राम्ररी बुझिसकेका छन्।' 

मुलुक विगत ५-६ वर्षदेखि गठबन्धनको राजनीतिमा चलिरहेको बताउँदै सोनलले मुलुकमा स्थायी सरकारका लागि पनि गठबनधनको राजनीतिक आवश्यक भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.