दुर्गम कालिकाटारमा आँखा केन्द्र स्थापना

दुर्गम कालिकाटारमा आँखा केन्द्र स्थापना
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-३ स्थित कालिकाटारमा ग्रामिण आँखा केन्द्र स्थापना गरिएको छ। हेटौंडा सामुदायिक आँखा अस्पताल र कोरियन संस्था अनड्रिम ब्लाइन्डनेश प्रिभेन्सन प्रोजक्टको व्यवस्थापन तथा कैलाश गाउँपालिकाको सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो। 

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बुधबार एक समारोहकाबीच केन्द्रको उद्घाटन गरे। उनले आँखा उपचार केन्द्र स्थापनाले विकट कैलाशका विरामी लाभाञ्वित हुने विश्वास व्यक्त गरे। मुक्तानले कैलाशमा स्थापना गरिएको आँखा उपचार केन्द्रलाई नमूना केन्द्र बनाउन र सकेसम्म धेरै जनतासामु उपचार सेवा पुर्याउन गाउँपालिकाले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

उपाध्यक्ष बालकुमार मल्ल र वडा अध्यक्ष देवलाव बलले स्वास्थ्य क्षेत्रको प्रबर्द्धनमा गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनीहरूले केन्द्रको स्थापनाले गाउँका विपन्न समुदाय, जनजाति, चेपाङलगायतले सेवा पाउने भन्दै सहयोगी संस्थाप्रति आभार व्यक्त गरे।

केन्द्रले आजैबाट आँखा जाँच तथा चस्मा जाँच सुरु गरेको छ। स्थापनाको अवसरमा एकदिने निःशुल्क आँखा शिविरसमेत सम्पन्न भएको छ। शिविरमा वरिष्ठ डा. मोहन कृष्ण श्रेष्ठ, डा. शुसिल सिंहलगायतको टोलीले विरामीको आँखा परीक्षण गरेका थिए। 

शिविरमा १८६ जना आँखाका विरामीको परीक्षण गरिएकोमा २१ जनामा मोतिविन्दु देखिएको र आउँदो वैशाख ४ गते गाउँपालिकासँगको समन्वयमा उनीहरूको आँखाको शल्यक्रिया गरिने सामुदायिक आँखा अस्पताल हेटौंडाका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए।

सामुदायिक आँखा अस्पतालकै व्यवस्थापनमा यसअघि मकवानपुरको बागमती गाउँपालिका, मनहरी गाउँपालिका र थाहा नगरपालिकामा ग्रामिण आँखा केन्द्र स्थापना भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.